असार २४, काठमाडौं, । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि थपघट भएको छैन । चाँदी पनि आज प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।