२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविर

२०७५, २५ असार सोमबार १०:०९

असार २५, काठमाडौँ | ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले आज पनि योग तथा साधना गराउनुभयो । 

आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको निशुल्क शिविरमा प्रवचन दिँदै सदगुरुदेव निजानन्दले योग तथा साधनाबाट मानिसको शारीरिक, मानसिक दुर्वलता हटाई ऊर्जाशील बनाउने बताउनुभयो । 

उहाँले योग र ध्यानलाई अलिकति समय नदिँदा मानिस व्यस्त जीवनमा दुःख झेल्नाका साथै ठूला रोगबाट पनि ग्रसित हुनसक्ने बताउनुभयो । 

काममा एकाग्र मानिसले असम्भव ठानिएका र ठूला काम सजिलै सम्पन्न गर्न सक्ने बताउँदै हालै निधन हुनुभएका डा उपेन्द्र देवकोटालाई उहाँले काममा साधनाशील बुद्धपुरुषको संज्ञा दिनुभयो । 

हामीले आलस्य हटाई दुःख सहन सक्ने क्षमताको विकास गर्न सकेमा नै सफलता प्राप्त हुनसक्ने पनि उहाँले बताउनुभयो । 

आज सञ्चालित शिविरमा करीब ३० जनाले योग साधनामा भाग लिएका थिए । आगामी असार ३० गतेसम्म चल्ने शिविर बिहान ५:१५ देखि ७:१५ बजेसम्म सञ्चालित हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता