२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको पारिश्रमिक ३९ प्रतिशतले बढ्यो, साउन १ गतेदेखि लागू हुने (बिज्ञप्ति सहित)

२०७५, २५ असार सोमबार १४:३८

मनोज पराजुली। असार २५, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता, श्रमिक प्रतिनिधी, विभिन्न ट्रेड युनियनका प्रतिनिधि र मिडियालाई साक्षी राखेर श्रमिकको न्युनतम पारिश्रमिक घोषणा गरेका छन्। न्युनतम पारिश्रमिक निर्धारण समितिले दिएको सुझावको आधारमा सरकारले श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको हो । 



श्रम मन्त्रलायका सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गत बैशाख ७ गते नेपाल सरकार, ट्रेड युनियन र रोजगारदाता संघठनको प्रतिनिधित्व हुने गरि न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो । 

साउन १ गतेबाट लागू हुने न्युनतम पारिश्रमिक आधारमा पहिलो पटक प्रति घन्टाको दैनिक ज्याला पनि तोकिएको छ । अबको नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय १७ र प्रति घण्टा ७० रुपियाँ पाउने छन्। तोकिएको न्युनतम पारिश्रमिकका आधारमा श्रमिकको संचय कोष १० प्रतिशत, उपदान ८ दशमलब ३३ प्रतिशत, सामाजिक सुरक्षा कोष अन्तरगत १ दशमलब ६७ प्रतिशत थप गरि श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ ।


सरकारले पहिलेको तलब भन्दा ३९ प्रतिशतले बढाएको यसलाई पारिश्रमिक हालसम्मकै उच्च दावी गरेको छ । यसअघि मजदुरको न्युनतम तलव ९ हजार ७ सय रुपैयाँ रहेको थियो । मन्त्रलायमा आयोजित कायक्रममा बोल्दै श्रम मन्त्री विष्टले श्रमिकको पारिश्रमिक लागू भए नभएको जानकारी लिन श्रम मन्त्रलायमै छुट्टै सिस्टम मार्फत हेर्न सकिने व्यवस्था गर्न लागिएको पनि बताए । उनले सरकारले लागू गरेको न्युनतम पारिश्रमिक लागू नगर्ने संस्थालाई अनुगमन गरि कानुनी दायारामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । रोजगारदाता लगायत सबै पक्षको सहमाति भएकोले पनि कार्यान्वयन हुने विश्वास लिएको उनले बताए । सरकारले साउन महिनाबाट मजदुरको तलब बैंक खाताबाट भुक्तानी अनिवार्य गरि कार्यान्वयन गर्ने समेत बताए । 

कार्यक्रममा बोल्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रानाले सबै रोजगारदाताहरुले सहमतिमै न्युनतम पारिश्रमिक तयार गरिएकोले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 


ट्रेड युनियन कांग्रेसको विरोध

सरकारले तोकेको न्यूनतम परिश्रमिक समय अनुकूल नभएको भन्दै ट्रेड युनियन कांग्रेसले विरोध गरेको छ। अहिले बढाइएको न्यूनतम परिश्रमिकबाट अझै पनि श्रमिकले बिहान/बेलुकाको छाक टार्न गाह्रो हुने भन्दै ट्रेड युनियन कांग्रेसले असहमति जनाएको छ । 

श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजारभन्दा बढी हुनुपर्ने  भन्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्करआचार्यले निर्णयमा नोट अफ डिसेन्ट लेख्न आग्रह गरेका थिए ।


तश्विर: अनिल अधिकारी / सास, काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता