२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्प्युटर अपरेटर पद खारेजीबिरुद्ध बिद्यार्थीले बुझाए ज्ञापन पत्र

२०७५, २५ असार सोमबार १५:११

असार २५, काठमाडौं । कम्प्युटर अपरेटर पद खारेज गर्न नहुने माग राख्दै लोकसेवाअन्तर्गत कम्प्युटर अपरेटर पदको परीक्षा तयारी गरिरहेका विद्यार्थीले सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले केही समयअघि राजपत्र अनंकित प्रथम श्रेणीको कम्प्युटर अपरेटर र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयले भविष्यको उत्कृष्ट प्राविधिक जनशक्तिलाई सरकारी क्षेत्रमा प्रवेश गर्ने बाटो रोकेको र कम्प्युटर अपरेटरको तयारी गरिरहेकाको अवमूल्यन भएको ज्ञापनपत्रमा जनाइएको छ ।


‘२०७४ फागुन २७ गते नेपाल सरकारको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’को बैठकले नेपाल विविध सेवाअन्तर्गत प्राविधिक पदअन्तर्गत लोकसेवा आयोगबाट लिखित र प्रयोगात्मक परीक्षापश्चात् सिफारिस हुँदै आएको पद कम्प्युटर अपरेटरमा बहालवाला कर्मचारी अवकाश भएपछि स्थायी पद स्वतः खारेज हुनेछ र त्यस पदमा आवश्यकता अनुसार सेवा करारबाट पूर्ति गरिने निर्णय गरेपछि यसबारे गम्भीर ध्यानाकर्षण भएको र यसले वर्षाैंदेखि तयारी गरिरहेका विद्यार्थीलाई झस्काएको ज्ञापनपत्रमा भनिएको छ ।

लोकसेवामा कम्प्युटर अपरेटर पद स्वतः खारेज गरी परीक्षा र परीक्षणबिनै करारमा पदपूर्ति गरिएका कर्मचारीबाट कार्यसम्पादनमा ह्रास आउने दावी ज्ञापन पत्रमा गरिएको छ ।

‘यो सरकार तथा कर्मचारी प्रशासनको हितमा नभएकाले हामी सालिन भई निर्णय खारेजीको माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रको बोधार्थ निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन, निजामती सेवामा ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता