२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तयार भयो नयाँ संसद भवन, एक सातामै हस्तान्तरण गर्ने तयारी

२५ असार २०७५, सोमबार १६:५२

असार २५, सुर्खेत । वीरेन्द्रनगरस्थित साविकको शैक्षिक तालिम केन्द्र हातामा रहेको कर्णाली प्रदेशको संसद भवन पुनर्निमाणको काम अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले पुनर्निर्माण गरेको भवनको ९५ प्रतिशत काम सम्पन्न भएपछि हस्तान्तरण गर्ने तयारी गरिएको हो ।

दुई महिना अघि शैक्षिक तालिम केन्द्रको हलको मर्मत गर्न कार्यालयले चार वटा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । मर्मत जारी रहेको संसद हल निर्माणको कुल लागत करिव एक करोड थियो । सभा हल निर्माणको जिम्मा बि. एण्ड पि, प्रविन र बबिता निर्माण सेवा तथा पिएस कन्स्ट्रक्सनले लिएका थिए । सभा हलको स्तरोन्नती अन्तरगत ईको साउण्ड हटाउन फर्म राख्ने, दर्शक बस्ने कक्ष, वाल प्यानलिङ, सिढी, रंगरोगन र विद्युतको काम सकिएको लेभलको राईज, शिभिल, रङ रोगन र विद्युतको काम जारी रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका ईन्जिनियर झंक थापाले जानकारी दिए ।

‘पुनर्निर्माणमा केही समय लागेपनि उत्कृष्ट काम गर्ने हेतुले केही ढिला भएको हो’ थापाले भने, ‘डेढ महिनाको समयावधि भएपनि निर्धारित समयभन्दा केही ढिला गरी काम सम्पन्न गरेका छौं ।’ सभा हलका लागि टेबलहरु तयारी अवस्था राखिएको छ भने आजदेखी कार्पेट विछ्याउने र एक–दुईदिनमै कुर्सी पनि आइसक्ने थापाको भनाई छ । उनले हाल संसद बैठक सञ्चालनरत क्षेत्रीय सिँचाई निर्देशनालयको हलमा जडान भएका साउण्ड सिस्टम जोडेपछि काम सम्पन्न हुने बताए । ‘यही हप्तामै निर्माणका सबै काम सम्पन्न हुने र संसद सचिवालयलाई सभा हल पुनर्निर्माणको काम सकिएको जानकारी दिएर हस्तान्तरण गर्छौ’ थापाले भने । संसद भवनमा संसद सचिवालय, सभामुख, उपसभामुख र संसदीय दलहरुको कार्यकक्ष यस अघि नै स्थापना भइसकेको थियो ।


कर्णाली प्रदेश सभाको पहिलो बैठक गत माघ २१ गते बसेको थियो । निर्देशनालयको हलमा संसदको पहिलो अधिवेशनको २२ र दोस्रो अधिवेशनको ३२ औं बैठक बसिसकेका छन् । तर संसद सचिवालयले हाल सञ्चालन रहेको संसद भवनकै साउण्डले काम नगर्ने भएकाले नयाँ बनेको सभा हलमा बैठक सञ्चालन नहुने जनाएको छ । व्यवस्थित रुपमा साउण्ड सिस्टम जडान तथा मिडिया सेन्टरको स्थापनापछि नयाँ हलबाट बैठक सुचारु हुने सचिवालयको भनाई छ । सचिवालयले नयाँ संसद हलबाट बैठकको लाइभ गर्ने र व्यवस्थित रुपमा संसद गतिविधि रेकर्ड गर्ने गरी आधुनिक प्रविधि जडान गर्न लागेको छ । दिर्घकालिन रुपमा असर नपुग्ने गरी सभा हल सञ्चालन गर्ने सोचमा संसद सचिवालय छ । मन्त्रालय तथा संसद हलको लागि प्रतिनीधि र प्रदेश सभा निर्वाचन अगावै प्रदेश संरचनाहरु कहाँ राख्ने भन्ने टुंगो लगाएर लागत विवरणसहित प्रतिवेदन तयार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा