५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँको आकासमा दैनिक रु २० हजारको मौसमी बेलुन उडाइँदै

२६ असार २०७५, मंगलवार ११:०३

भीष्मराज ओझा/सिबी अधिकारी | असार २६, काठमाडौँ | मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा यही असार ६ गतेदेखि बेलुन उडाउन शुरु गरिएको हो । 

प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५:३० बजे बेलुन उडाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो । 

उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटरमाथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खस्ने गरेका छन् । हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । 

बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउने उहाँले बताउनुभयो । मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ । 

विभागका महानिर्देशक शर्माका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्रताको जानकारी दिन्छ । त्यसको आधारमा मौसम पूर्वानुमान गरिन्छ । 

उहाँले भन्नुभयो, “अहिले हामीले बेलुनमार्फत डाटा संकलन गरिरहेका छाँै, सफ्टवेरमा काम भइरहेको हुन्छ, यसलाई छिट्टै सञ्चालनमा लैजान्छौँ, यसबाट नेपालको मनसुन पूर्वानुमान गर्न सजिलो र भरपर्दो हुनेछ ।” 

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने विभागको दाबी छ । हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोवल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ । 

“शुरुमा तीनदिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भन्नुभयो । 

अहिले उडेको बेलुन ३१ दशमलव ६ किलोमिटर उचाइमा पुगेर फुट्ने गरेको छ । बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पार्नुभएमा विभागमा पु¥याइदिनुहुन वा सम्पर्क गर्नुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

यससम्बन्धी सूचना पनि उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ उडाइरहनुपर्ने विभागले जनाएको छ । 

मौसमी राडार जडान तीव्रगतिमा 

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागले मुलुकमै पहिलोपटक ‘मौसमी राडार’ जडान कार्यलाई तीव्रता दिएको छ । 

मौसमी पूर्वसूचनालाई प्रभावकारी बनाउन सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राख्न लागिएको महानिर्देशक शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगामी चार महिनाभित्र सुर्खेतमा राडार जडान भइसक्नेछ भने क्रमशः पाल्पा र उदयपुरमा पनि राडार जडान गरिनेछ । 

तीमध्ये सुर्खेतको राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थानबाट आर्थिक सहयोग मिलेको छ भने बाँकी दुई स्थानको राडारका लागि नेपाल सरकारले खर्च गर्नेछ । राडार जडानसहित प्रतिराडार जम्मा खर्च करीब रु २० करोड लाग्नेछ । 

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहजरुपमा प्राप्त हुनेछ । यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । 

सीमित उपकरण भए पनि विभागले मौसम तथा प्राकृतिक प्रकोपका घटनाबारे पूर्व सूचना प्रदान गर्दै आएको छ । विभागले हाल काठमाडौँ उपत्यकासहित देशका १२० स्थानमा स्वचालित मौसमी उपकरणबाट मौसमी सूचना लिने गरेको छ ।

सो संख्यालाई विभिन्न स्थानमा बढाएर ३०० पुर्याइने र यसबाट तथ्य सङ्कलन र बढी सूचना प्राप्त गर्न सकिने विभागको योजना छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मौसमी सूचना संकलन गरी आफ्नो वेबसाइटमा राख्ने गरेको छ । नेपालमा तीन दिनसम्मको मात्र मौसम पूर्वानुमान हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता