२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको तलब वृद्धिमा क्रान्तिकारी ट्रेड युनियन महासंघको असहमति (बिज्ञप्ति सहित)

२०७५, २६ असार मंगलवार ११:५७

असार २६, काठमाडौँ | सरकारले श्रमिकको तलब वृद्धिको निर्णयमा क्रान्तिकारी ट्रेड युनियन महासंघले असहमति जनाउँदै बिज्ञप्ति जारी गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट महासंघले नयाँ आर्थिक बर्षदेखि लागू हुने श्रमिकहरुको तलव र महंगी भत्ता श्रमिकलाई बाच्न योग्य नभएको जनाएको छ ।

बिज्ञप्तिमा सत्ताधारीको कठपुतली ट्रेड युनियनहरुको मिलिमतोमा सरकारले गरेको निर्णय श्रमिक विरोधी र त्रुटिपूर्ण भनिएको छ । बिज्ञप्तिमा 'सरकारले दलाल पूँजीजतीवर्ग र उनीहरुका काठपुतली ट्रेड युनियनको सहमतिमा प्रचलित वजार मुल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तराष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलव भत्ताको समेत ख्याल नगरि एकलैटी रुपमा निणर्य गर्नु भत्र्सना योग्य छ ।' उल्लेख छ । महासंघले जनताको मौलिक अधिकारको समेत ख्याल गर्दै नयाँ मापदण्डका आधारमा श्रमिकको मासिक वेतन न्यूनतम रु ३०,०००।– निधारण गरि लागु गर्न जोडदार माग राखेको छ । 

बिज्ञप्तिमा महासंघले आफ्नो माग अनुमोदन नभए एकल तथा संयुक्त रुपमा राष्ट्रव्यपी औद्योगिक हड्ताल लगाएतका संघर्षका कार्यक्रम अगाडि बढाउने बताएको छ । 

यस्तो छ बिज्ञप्ति:  

सरकार, रोजगारदाता र ट्रेड यूनियनका प्रतिनिधि सहित सहभागी रहेको भनिएको न्युनतम वेतन निर्धारण समितिले गरेको सो निर्णय र प्रकृयाप्रति हाम्रो संगठनको गम्भिर असहमती रहेको व्यहोरा अवगत गराउन चहान्छौ । 

कम्युनिष्ट नामधारी पूँजीवादी सरकारले गठन गरेको सो वेतन बोर्डले सरकार पक्षीय दलाल काठपुतली ट्रेड युनियनहरुको प्रभावमा परि अन्य श्रमिकपक्षीय ट्रेड युनियनको प्रतिनिधित्व नगराई सरकारले गरेको निर्णय श्रमिक विरोधी र त्रुटिपूर्ण  छ । सरकारले दलाल पूँजीजतीवर्ग र उनीहरुका काठपुतली ट्रेड युनियनको सहमतिमा प्रचलित वजार मुल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तराष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलव भत्ताको समेत ख्याल नगरि एकलैटी रुपमा निणर्य गर्नु भत्र्सना योग्य छ ।

देशमा कम्युनिष्ट नामधारी समाजवाद उन्मुख भनिएको पूँजीवादी सरकारलाई श्रमिकहरुको गाँस, बास, कपास, स्वस्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताहरु पूरा गर्न विनम्र आग्रह गर्दछौ । साथै सरकार, रोजगारदाता र अन्य सरोकारवाला निकायहरुलाई आफ्ना कमजोरी सच्याई सबै श्रमिकपक्षीय ट्रेड युनियनको सर्वपक्षीय प्रतिनिधित्व सहित सहमतिबाट नयाँ वेतन निर्धारण गर्न अपिल गर्दछौ ।

श्रमिकहरुको मौलिक अधिकारको समेत ख्याल गर्दै नयाँ मापदण्डका आधारमा श्रमिकको मासिक वेतन न्यूनतम रु ३०,०००।– निधारण गरि लागु गर्न जोडदार माग गर्दछौ । अन्यथा हामी राष्ट्रव्यपी संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौ । जसबाट निस्कने परिणामको भागिदार सम्बन्धि पक्ष हुने समेत चेतावनी दिन चाहान्छौ ।

क्रन्तिकारी अभिवादन सहित

अध्यक्ष

राजन तिमल्सिना

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल 

मितिः २०७५/०३/२६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता