रफत सञ्चार क्लब भक्तपुरमा आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रफत सञ्चार क्लब भक्तपुरमा आय"/>

2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा केसीको माग हुबहु सम्बोधन हुँदै: गुरुङ

असार २६, नगरकोट | नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाउनुभएका माग हुबहु सम्बोधन नहुने बताउनुभएको छ । 

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता पनि मागबारे केसीले भन्नुभएजस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउनुभयो । 

चिकित्सा विधेयकका बारे जुम्लामा अनशनरत डा केसीको स्वास्थ्योपचार सरकारले काठमाडौँ ल्याएर गर्न तत्पर रहेता पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको गुरुङको भनाइ थियो । 

जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहेता पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएकाले निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएकोे उहाँले विचार व्यक्त गर्नुभयो । 

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सृजना भएको उहाँले बताउनुभयो । 

पेट्रोलियम पदार्थमा नेपालको पहुँच नभएको कारण छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । उहाँले सरकारले दक्षिणतर्फ मात्र नभएर उत्तरतर्फबाट समेत इन्धन खरीदको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो