Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री विष्ट र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर वीच भेटवार्ता

२०७५, २६ असार मंगलवार १२:१४

असार २६, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र विश्व बैंककोे नेपाल स्थित कार्यालयका कन्टिं म्यानेजर फ्यारिस एच हडड जेरभोस वीच शिष्टाचार भेट भएको छ । 

उक्त अवसरमा जेरभोसले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्राथमिकताहरु बारे मन्त्री विष्टसँग जिज्ञासा राखेका छन् । 

भेटका अवसरमा श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा हुनसक्ने साझेदारीका विविध पक्षहरुबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । 

भेटमा मन्त्री विष्टले नेपालको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि साझेदारी हुँदै आएको प्रसंग उल्लेख गरेका छन् । साथै उनले आगामी दिनमा उक्त साझेदारी तथा सहकार्य अझ बिस्तारित र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 

युवाहरुलाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालिम केन्द्रको सुदृढीकरण गर्ने कार्य समेत सरकारको प्राथमिकतामा रहेको मन्त्री विष्टले बताएका छन् ।

बृहत्तर रुपमा रोजगारी सिर्जनाका लागि मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरणमा सुधार गरी वैदेशिक लगानी अभिवृद्धि एवं उद्यमशिलता विकासतर्फ सरकारको ध्यान केन्द्रित रहेको मन्त्री विष्टले बताएका छन् । 

युवालाई स्वदेशमा नै काम गर्न प्रोत्साहित गर्न भर्खरै श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरिएको र न्यूनतम रोजगारी ग्यारेण्टी हुनेगरी रोजगार ऐनको तर्जुमा सम्बन्धी कार्य अघि बढाईएको प्रसंग समेत मन्त्री विष्टले भेटमा उल्लेख गरेका छन् । 

मन्त्रालयले आगामी  ५/१० वर्षको श्रम तथा रोजगारीको स्थितिको प्रक्षेपण गरी सोही अनुरुपका रणनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्नेतर्फ आवश्यक तयारी भईरहेको कुरा समेत छलफलमा मन्त्री विष्टले जानकारी गराएका छन् ।

छलफलका जेरभोसले मन्त्रालयले अघि सारेका प्राथमिकताका क्षेत्रहरुमा विश्व बैकको तर्फबाट निरन्तर सहयोग र साझेदारी रहने विश्वास दिलाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली