Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भ्रष्ट्राचारीले उम्कन पाउँदैनन्ः कानुन मन्त्री

२०७५, २६ असार मंगलवार १५:५९

असार २६, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जुनसुकै किसिमका भ्रष्टाचारलाई कुनै पनि हालतमा नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

राजधानीमा प्रारम्भ खवर डट कमको उद्घाटन गर्दै मन्त्री तामाङले सरकारले आफ्ना मन्त्रीले भ्रष्टाचार गरेपनि नछाड्ने बताउनुभयो । मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्दा केही मन्त्रीले अवरोध गरेको प्रसंग निकाल्दै मन्त्री तामाङले सार्वजनिक पद धारण गरेका व्यक्तिले अब कसरी र कुन रुपमा अवैध सम्पति आर्जन गरिरहेका छन् तिनको सुक्ष्म तवरले अनुसन्धान गरी भ्रष्ट्राचारको जालो तोड्ने बताउनुभयो । उहाँले अब न्यायाधीशको सम्पत्ति समेत छानविन गर्ने गरी कानुन बनाउने बताउनुभयो ।


लोकत्रन्तको दुईवटा पिल्लर पारदर्शिता र जवाफदेहीता भएकाले आफूहरु त्यसलाई स्थापना गराएर छोड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा मुख्य सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले टेलिभिजन र छापामाध्यम भन्दा पृथक भूमिका र विषेशता रहेको अनलाइनले वढि भन्दा वढी सीपमूलक, जीवनमूलक र व्यवहारिक ज्ञानले भरिएका मानव उपयोगी सूचना सम्प्रेषण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा साहित्यकार रमेश शुभेच्छुले समाज परिवर्तनको प्रमुख माध्यमको रुपमा रहेको पत्रकारिता क्षेत्र परिस्कृत हुदै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै वरिष्ठ सञ्चारकर्मी तथा कलाकार श्रीकृष्ण सिम्खडाले क्यविनेटमा शान्तिपूर्ण विद्रोह गर्न कानुन मन्त्रीलाई सुझाव दिनुभयो । उहाँले सकारात्मक कदमका लागि जस्तोसुकै परिस्थितिमा खुट्टा नकमाउन आग्रह गर्दै जनजीविकाको विषयमा लाग्न ध्यानाकर्षण गराउनुभयो । अव सञ्चारगृहमै झाडु लगाउनु पर्ने बेला आएको भन्दै सञ्चारमाध्यमहरुले संवेदनशील भएर प्रभावकारी भूमिका निभाउनुपर्ने बताउँनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली