३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन ब्लड ग्रुपका मानिसले के खाने के नखाने ? जान्नुहोस्

२८ असार २०७५, बिहीबार ०८:१४

मानिसको शरीरलाई स्वस्थ र निरोगी बनाई राख्नको लागि बिभिन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ र खानेकुरा के खाने र के नखाने भन्नेमा ब्यक्ति आँफैलाई थाहा भएको हुन्छ ।

तर मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा मानिसमा बिभिन्न किसिमका रोगहरु (एसिडिटी, अपच, कब्जियत) लाग्न सक्ने पाइएको छ ।

पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँने बताएका छन् ।

आउनुस् जानौं कुन ब्लड ग्रुप भएका ब्यक्तिले के खाने र के नखाने

ओ : यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन उपयुक्त हुन्छ । यसका लागि त्यस्ता ब्यक्तिहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।

ए :  रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो हुन्छ ।

बी :  ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।

एबी : त्यस्ता ब्यक्तिहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’