2026-09-19 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन ब्लड ग्रुपका मानिसले के खाने के नखाने ? जान्नुहोस्

मानिसको शरीरलाई स्वस्थ र निरोगी बनाई राख्नको लागि बिभिन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ र खानेकुरा के खाने र के नखाने भन्नेमा ब्यक्ति आँफैलाई थाहा भएको हुन्छ ।

तर मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा मानिसमा बिभिन्न किसिमका रोगहरु (एसिडिटी, अपच, कब्जियत) लाग्न सक्ने पाइएको छ ।

पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँने बताएका छन् ।

आउनुस् जानौं कुन ब्लड ग्रुप भएका ब्यक्तिले के खाने र के नखाने

ओ : यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन उपयुक्त हुन्छ । यसका लागि त्यस्ता ब्यक्तिहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।

ए :  रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो हुन्छ ।

बी :  ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।

एबी : त्यस्ता ब्यक्तिहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई