५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काम गर्नुको सट्टा उल्टै बसीबसी ७ प्रतिशत मुनाफा

३० असार २०७५, शनिबार ११:०८

असार ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । 

यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका छन् । 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा सूचना नपठाउने संस्थाले साउन महिनादेखि दुई प्रतिशतको विन्दुमा कर्जा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । 

कर्जा सूचना केन्द्रको नियमन नेपाल राष्ट्र बैंकले गर्छ । माग अनुसारको कर्जा उचित तरिकाले लगानी भएको छ वा छैन अर्थात् कुनै तरिकाले कुनै फर्म वा उद्योगले कारोबार लुकाएका छन् वा छैनन् भन्ने विषयको जानकारी कर्जा सूचना केन्द्रमा प्राप्त विवरणको अध्ययनपछि मात्र थाहा हुने राजश्वका अधिकारीको भनाइ छ । 

नेपालमा सहकारी संस्थाको संख्या पुगनपुग ३५ लाख रहेको छ । जसमध्ये झण्डै ८० प्रतिशत अर्थात २८ लाख संस्थाले वित्तीय कारोबार गर्छन् र उनीहरुसँग लगभग रु चार खर्ब बचत रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले जनाएको छ । 

सहकारी विभागका रजिष्टार केशवप्रसाद रेग्मीका अनुसार वाणिज्य बैंक र सहकारी संस्थाको व्याजदर अन्तर ६ प्रतिशतको हाराहारीमा रहेको छ । वाणिज्य बैंकले सरदर न्यूनतम १० र अधिकतम १३ प्रतिशतसम्म र बचत सहकारी संस्थाले न्यूनतम १५ र अधिकतम १९ प्रतिशतसम्म ब्याजमा कर्जा लगानी गरेको पाइन्छ । 

केही टाठाबाठा व्यवसायीले बैंकबाट स्वीकृत कर्जाको रकम लिएर सहकारी संस्थामा बचत गर्ने गरेको पाइएको छ । काम गर्नुको सट्टा उल्टै बसीबसी बीचमा झण्डै ७ प्रतिशत नाफा कमाउन आकर्षित भएपछि लगानीकर्ताले स्वरोजगारका उपाय खोजी नगरेको सहकारीकर्मीको भनाइ छ ।

आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिले दैनिक कर्जा सूचना केन्द्रमा कारोवार विवरण बुझाउनुपर्ने उल्लेख गरेको छ । जसकारण कुन वित्तीय संस्थाबाट कति रकम झिकेको र सो रकम कहाँ गयो भन्ने मोटामोटी विवरण कर्जा सूचना केन्द्रमा देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता