१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! पुरुषहरुले भुलेर पनि नगर्नुस् यी १० गल्ति

३० असार २०७५, शनिबार ११:५३

एजेन्सी- प्रायजसो पुरुषहरु आफुमा सितिमिति स्वास्थ्य समस्या आउदैन भन्ने ठान्दछन। विविन्न अनुसन्धानवाट पुरुषको यस्तो आदत स्वास्थ्यको दृष्टिले हानिकारक सावित हुने देखिएको छ। जान्नुहोस यी गल्तिहरु जुन पुरुषले सुधार्नु आवश्यक छ।

१.घुरेर सुत्ने बानि

अधिकांस पुरुषहरुमा सुत्दा खेरि मुख खोलेर सुत्ने र घुर्ने बानि हुन्छ। यसरि सुत्दा स्लिप एम्निया, हार्ट अट्याक, डिप्रेसन, उच्च रक्तचाप जस्ता समस्या देखा पर्न सक्छ। घुर्ने बानी सुधार्नको लागि तकियाको उचाई ठिक्कको बनाउने र मोटोपना समेत बढ्न नदिने तर्फ ध्यान दिनुपर्छ।

२. नियमित स्वास्थ्य जाँच नगर्नु

नियमित रुपमा स्वास्थ्य जाँच नगर्दा कतिपय भित्रि रोगहरु बल्झेको थाहा पाउन सकिदैन । त्यसैले नियमित स्वास्थ्य जांच गरौँ।

३.धुम्रपान

धुम्रपान गर्नु स्वास्थ्यको लागि हानिकारक हुने तथ्य प्रति हामि अनभिज्ञ छैनौँ तर लामो समय धुम्रपान गर्दा मुटु, मृगौला, फोक्सो, छाला र मस्तिस्क सम्बन्धि समस्या आउने खतरा भएकोले यसमा बिचार गर्नुपर्दछ।

४.मदिराको अति सेवन

धेरै पुरुषहरु मदिरा सेवन गर्दछन। तर अति मदिरा सेवन गर्दा स्वास्थ्यमा विविन्न समस्या आउनुको साथै सामाजिक रुपमानै अपमानित पनि हुनुपर्ने हुन्छ।

५. फलफुल र तरकारी कम सेवन गर्नु

फलफुल र तरकारी महिला र केटाकेटी मात्र नभई पुरुषको स्वास्थ्य रक्ष्याको लागी पनि उतिकै आवश्यक पर्दछ। यस तर्फ ध्यान दिनु जरुरि छ।

६.सन् स्क्रीन क्रिम नलगाउनु

महिलाको छाला पुरुषको भन्दा मुलायम भएपनि सुर्यवाट आउने हानिकारक किरणको प्रभाव भने पुरुषको छ्लामा पनि पर्ने भएकोले सुर्यको किरणवाट पर्ने हानिवाट जोगिन र छालालाई आकर्सक राखिराख्नको लागि पुरुषले पनि सन स्क्रीन क्रिम प्रयोग गर्नु उत्तम हुन्छ।

७ .तनाव र डिप्रेसन

तनाव र डिप्रेसनले मुटु र मस्तिस्क सम्बन्धि अनेक रोग उत्पन्न हुनसक्ने हुँदा यसबाट बच्नु पर्दछ।

८. पुरा निन्द्रा नसुत्नु

शरीरलाई आवश्यक मात्रामा नसुत्दा उच्च रक्तचाप, मुटुको रोग, तनाव, मोटोपना जस्ता समस्याहरु देखा पर्न सक्ने हुँदा सुताई सन्तुलित हुनु जरुरि छ।

९. पिसावको  समस्यालाई बेवास्ता गर्नु

पिसावको समस्या देखापरेमा तुरुन्त जाच गराउनु पर्ने हुन्छ । नत्र मृगौलामा पत्थरी र मुत्र थैली अनि मुत्रनलीको समस्या आउने सम्भावना बढछ।

१०. हार्ट सिम्पटमलाइ बेवास्ता गर्नु

टाउको दुख्नु , लगातार एसिडिटी बढ्नु  र स्वास फेर्दा अप्ठ्यारो भएमा मुटुको समस्या आउनसक्ने हुँदा बेलैमा चिकित्सकलाइ देखाऊनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड