पढ्न करिब 1 मिनेट लाग्छ

असार ३१, काठमाडौँ | जुम्लामा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा. केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।

डा. केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा. पुजन रोकायाले भने, औषधि लिएर अनशन बस्नुको के अर्थ ?

शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा. केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको जानकारी दिए ।, आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।