२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिकात्मक प्रश्न पुस्तक लोकार्पण

३१ असार २०७५, आईतवार ०६:४७

असार ३१,काठमाडौं । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो । 

लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताउनुभयो । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको उहाँले बताउनुभयो । 

पुस्तकमा समीक्षा गर्दै साहित्यकार डा. राम दयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताउनुभयो । यो पुस्तक नेता तथा साहित्यकार बिशेश्वर प्रसाद कोईरालाको मोदी आईन नजिक रहेको बताउनुभयो । रामहरी जोशीको आफनो जीवनमा परेको प्रेम राधाको बिषयमा खुलेर आएको उंहाले बताउनुभयो । रामहरी जोशीले किन विवाह गरेनन भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उहाँले बताउनुभयो । 

रामहरी जोशीका चेला बद्री मास्केले रामहरी जोशीले आफुलाई सर्लाहीको पब्लिक स्कुलमा पढाएकोले उहाँको नैतिकता आदर्श प्रति आफुहरु प्रभावित भएको भए पनि केही नयाँ कुरा यहि पुस्तक मार्फत थाहा पाएको बताउनुभयो । 

पुस्तक समीक्षा गर्दै नुतन थपलियाले रामहरी जोशीको राजनैतिक र साहित्यिक पाटोको चर्चा गर्नुभयो । कार्यक्रममा लेखक तथा प्रकाशक कमल ढकालले यो पुस्तक राजनीतिक कन्फेशनको रुपमा लेख्न खोजिएको बताउदै भन्नुभयो “रामहरी जोशीले माने पनि कालले मानेन, कन्फेशन लेख्न खोजिएको भए पनि उहाँले प्रेम विवाह यौनमा आफ्ना नीजि कुरा राखेकोले यो रोचक हुन सक्छ भन्ने लागेर छापिएको हो।”

ठीक एक बर्ष अघि असार २९ गते रामहरी जोशीको ९२ बर्षको उमेरमा निधन भएको थियो । त्यहि पुन्य तिथिमा उहाँको पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट