१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विकास र समृद्धिका बाधक भ्रष्टाचारः मुख्यमन्त्री शाही

१ श्रावण २०७५, मंगलवार १७:४८

साउन १, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको बिकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य वाधक रहेको बताएका छन् । भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको बताउदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताएका हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको शुवाघाटमा मंगलबार सिमान्तकृत, आदीवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्ताणतरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शुन्य सहनशिलताको नीति अवलम्वन गरेको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भुमीहीन भएर बस्नु नपर्ने उल्लेख गरे  । सबै किसिमका भुमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भुमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘सिमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफनै आवास निर्माणका लागि सरकारले आवश्यक बजेट सहित मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।’ मुख्यमन्त्री शाहीले भने– ‘अव तपाईहरु सवैको आफनै घर हुन्छ, कोही पनि वगर र जोखिमपुर्ण क्षेत्रमा टहरा हालेर बस्नुपर्दैन ।’ 

कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालवहादुर राजीले सिमान्तकृत, अल्पसंख्यक, पिछडा समुदायको जिवनस्तरमा परिवर्तन ल्याउन वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको बताए । लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रद्वारा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन