२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डा कति खाने ? कसरी खाने ? ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ? जानिराखौ

२०७५, २ श्रावण बुधबार १६:०७

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?

पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न चिकित्सकहरु सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो ।’

यहीकारण डाइटिसियनहरु सन्तुलित भोजनमा ध्यान दिन्छन् ।

दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन् । खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ । 

अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो । नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर  हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ । अर्को हिसाबले भन्ने हो भने अण्डामा पाइने कोलेस्टेरोल ठूलो समस्या होइन । स्याचुरेटेड फ्याट बनेको कोलेस्टेरोलचाहिँ ठूलो समस्या हो । 

मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४.६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ । तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ । यसको मतलब अण्डाकै कारण  शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो । तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ ।  

बेलायतका पूर्व स्वास्थ्यमन्त्री एडिविना कुरील सन् १९८८ को डिसेम्बरमा बेलायतमा उत्पादन भएका अधिकांश अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने बताएकी थिइन् । यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक मानिन्छ । स्वास्थ्यमन्त्रीको यो भनाईपछि त्यतिबेला बेलायतमा निकै हलचल मच्चिएको थियो । केहीसमयपछि एडविनाले राजीनामा नै दिनुपरेको थियो । तर साल्मोनेलाको मामलामा बेलायतको अण्डा आजकाल विश्वकै सुरक्षित मानिन्छ । बेलायती बजारमा पाइने अण्डामा लायन चिन्ह छ भने त्यसको अर्थ कुखुरालाई साल्मोनेलाबाट बच्ने इन्जेक्सन दिइसकिएको छ । गतवर्ष यो अण्डा गर्भवती र बच्चाका लागि सुरक्षित रहेको घोषणा गरिएको थियो ।  
विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन ।’

डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ । अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ । अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ ।

ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?

अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन । कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ ।

विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन ।’

डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ । अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन । किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ । यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ । अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने  पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ ।  

ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?

अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ । त्यसमा अण्डा हाल्नुपर्छ । यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन । कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ ।

अण्डाको एलर्जी 

केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ । अण्डाका एलर्जीका केही लक्षण :

मुख वरिपरी रातो हुनु या सुन्निनु

पेट दुख्ने

बान्ता हुने 

यसको एलर्जी ज्यान लिने खालको हुँदैंन । तर एलर्जी  भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।

डा फिलिप्स भन्छन्, ‘एलर्जी नभएका व्यक्तिले कुनै पनि प्रकारले अण्डा खान सक्छन् । तर अण्डा कसरी बनाउने भन्नेमा पनि ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ