साउन ४, काठमाडौं। सानिमा बैंकमा अनलाइनमार्फत कर्जा सीमा परीक्षण र कर्जा आवेदन दिन सकिने भएको छ।
कम्प्युटर, मोवाइल, ट्यावलेट लगायतबाटै घर बसेर आफ्नो कर्जा सीमा पाउन सक्ने बैंकले जनाएको छ।अनलाइनमार्फत आवेदन दिनेले सेवा शुल्कमा २५ प्रतिशत छुट दिने बैंकले जनाएको छ।
बैंकले चेक जम्मा गर्ने,मोबाइल मनी ट्रान्सफर र इएमभी चिप कार्ड लगायतका प्रविधि ल्याइसकेको छ।बैंकको ७४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ एटिएम छ ।