२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका नेता तथा पुर्व मन्त्रीको कर्तुत: प्रेम गर्ने, गर्भवति बनाएर भाग्ने अनि दायित्व नलिने ?

२०७५, ४ श्रावण शुक्रबार २०:२७

असार ५, काठमाडौँ | पुर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले ३८ वर्षअघि दलित महिलासँग प्रेम गरेर एक छोरा जन्मेपछी वेवारिसे छाडेर काठमाडौँ भागे । क्रिपासुरले जागिरको सिलसिलामा ताप्लेजुङ जाँदा धनमाया दर्नालसंग प्रेम गरेका थिए । त्यही प्रेमको फलका रुपमा गणेश जन्मिए । गणेशले ८ बर्षमा थाहा पाए कि उनको बाबु काठमाडौँमा छन् । 

४ कक्षा मात्र पढेका गणेश आमासंगै हुर्किए । आमालाई गर्भवति बनाएर भागेका कृपासुर जागिर छाडेर राजनीतिमा लागे र सांसद हुँदै २०७२ मा एमालेबाट मन्त्री समेत बने । मन्त्री बन्नु अघि नागरिकता बनाइदिन नमानेका कृपासुरले बिभिन्न आरोप लगाउँदै गणेशलाई आफ्नो छोरा मान्न तयार थिएनन् । ३४ बर्ष बित्दासम्म गणेशले नागरिकता पाएका थिएनन् । विना बाबुको छोरा भनेर गणेशले जीवनभर तिरष्कार खेप्नु पर्यो भने उनले प्रेम गरेर गर्भवती बनाई छाडेर भागेपछि लोकलाज सँग जुधेर गणेशकि आमाले ३७ बर्षसम्म बिना श्रीमान जीवन बिताएर २ बर्ष अघि मृत्यु वरण गरिन् । 

सुरुसुरुमा मन्त्री कृपासुर शेर्पाले गणेश आफ्नो सन्तान नभएको दावी गरेपनि पछी पार्टी र संचार माध्यममा आफ्नो पर्दा खुलेपछि गलेका थिए । मन्त्री बन्नु अघि उनले आफ्नो र गणेशको डिएनए जुधाउन आफू तयार रहेको समेत बताएका थिए । तर गणेशको निकै लामो संघर्ष, एमालेमा दवाब र बिभिन्न मिडिया मार्फत न्याय मागेपछि मन्त्री बनेको ४ दिन पछी २०७२ जेठमा मन्त्री पद जोगाउन र बहुविवाहको कानुनबाट बच्नकै लागि बाध्य भएर कृपाशुरले गणेशलाई नागरिकता बनाइदिए ।  

नागरिकता अघिनै गणेश र उनकी आमाले आफुहरुले अंश पाउनुपर्ने माग गर्दै मुद्धा दिएका थिए । अहिले गणेश ३८ वर्षका छन् । उनले नागरिकता पाए पनि अहिलेसम्म अंश भने पाएका छैनन् । उनले यसअघि अंश मुद्धा हालेर जिल्ला अदालत मार्फत गणेशको पक्षमा फैशला भएको थियो । तर सौतेनी आमा र पुर्वमन्त्री क्रिपासुर पक्षले गणेश बिरुद्ध पुनरावेदनमा मुद्धा हालेको कारण पुरावेदनको फैशला आईसकेको छैन । मुद्धाको अझै कुनै सुनुवाई नभएको र आफूलाई अन्याय हुनेगरी फैशला आउने हो कि भन्ने डर गणेशलाई छ । पैसा र पावर भएपछी नेपालमा जे पनि हुन्छ जस्तो लाग्छ भन्दै गणेशले भने 'जिल्ला अदालतले मलाई न्याय गर्यो अब पुनरावेदनले के गर्छ हेर्न बाँकी छ ।' गणेशले अदालतको सुनुवाई केहि समयमा आउने समेत बताए ।

दुई छोरा, छोरी, श्रीमती सहित काठमाडौँको बालुवाटारमा भाडामा २ वटा कोठा लिएर बस्दै आएका गणेश ड्राइभर हुन् । गाडी चलाएर मासिक २० हजार कमाउने गरेको बताउने गणेशले घर भाडा र बत्ति पानी सहित १० हजार सकिने, आफुहरुले खाई नखाई जोगाएको पैसाले बच्चा पढाउन समेत नपुग्ने त्यसमा पनि गणेशलाइ सुगर रोगको कारण औषधि सेवन गरिराख्नुपर्ने बाध्यताले पनि आर्थिक रुपमा निकै अफ्ट्यारो परेको गणेश बताउँछन् । उनको परिवारलाई नाजायज भन्दै अहिलेसम्म पुर्वमन्त्री परिवारले आफ्नो परिवारमा सामेल गर्नु त परै जाओस, उल्टो पटक-पटक बिभिन्न तरिकाले धम्की दिंदै आएका छन् । मन्त्री पद छउन्जेल आफ्नो पद जोगाउन कृपासुरले गणेशलाई अंश दिने आश्वासन दिने गरेपनि मन्त्रीबाट हटेपछि गणेशको परिवारलाई गोली हान्ने धम्कि दिएको समाचार बिभिन्न मिडियामा आएका थिए । 


लामो प्रयासमा पनि अंश नपाएपछि गणेशले बिभिन्न मिडियाको सहारा लिंदै आएका छन् । गणेशले साझा सबालसँगको कुराकानीमा मिडियाकै सहयोगमा आफुले नागरिकता पाएको र अंश पनि लिएर छाड्ने बताएका छन् । उनले भने 'अंश नदिए अब झिटी गुन्टा कसेर क्रिपासुरकै घरमा जाने योजनामा छौं । त्यतिबेला सबै मिडियालाई लिएर हामी घरमा प्रवेश गर्छौं ।' 

गणेशका अनुसार कान्छी पट्टिको छोराको बिहेमा करोडौंको खर्च गर्न सक्नेले कुनै सम्पति छैन भनेर ढाट्ने र नाटक गर्ने गरेको बताए । उनले आफ्नो मोबाइलमा कान्छी आमा पट्टीका छोरा, छोरी (भाई-बहिनि), सौतेनी आमाको लगाई-खुवाई र सम्पन्नतालाई सुरक्षित राखेका छन् । गणेशले सौतेनी भाईको बिहेमा सौतेनी आमाले लगाएको गरगहना र ५ तारे होटलमा वर्तमान प्रधानमन्त्री ओली सहितको सानदार उपस्थितिमा आयोजित विवाहको फोटो समेत सुरक्षित छन्, उनले भने 'ल हेर्नुस्, एउटै बाबुले जन्माएका २ सन्तानमा कति फरक छ ? मेरो बिहे कसरी भयो ? सौतेनी भाईको बिहे कसरी भयो ? म ४ कक्षा मात्र पढेको मामुली ड्राइभर मात्र बन्न सक्दा सौतेनी भाई-बहिनि डाक्टर र कलेजका लेक्चर छन् । यो भन्दा ठूलो अन्याय के हुन सक्छ ? मेरो के दोष ?' 

जिल्ला अदालतले गणेशको अंश मुद्दालाई फैशला गरिसकेको र गणेशले अंश पाउनुपर्ने सुनुवाई गरेकोमा कृपासुरले जिल्ला अदालतकै निर्णयको विपक्षमा पुनरावेदनमा मुद्धा हालेका थिए । यस अघिको सुनुवाई अनुसार गणेशलाई क्रिपासुरले आफूसँग भएको सम्पतिको ७ भागमा १ भाग दिनुपर्ने छ । गणेशकि आमाको दुई बर्षअघि निधन भईसकेकोले गणेश पक्षले १ भाग मात्र पाउने भएको हो । तर त्यहि पनि दिन आलटाल गरेकाले आफूले अंश नपाए बाबुबिरुद्ध निरन्तर लडिरहने गणेशले बताए । 

गणेश र उनकी श्रीमतीसँग लिईएको अन्तर्वार्ताको पुरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् >> https://www.youtube.com/watch?v=bp7JIv1l__Y

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण