३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुष या महिला कसमा यौन चाहना बढी हुन्छ ? यस्तो छ वास्तविकता

५ श्रावण २०७५, शनिबार ०७:०५

जनाकारी:- किशोरावस्थामा पुगेपछि मानिसमा यौनइच्छा जागरुक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौनसम्पर्कमा परिणत हुन सक्छ । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणहरु विद्यमान छन् ।

अहिले सम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारिको समयअनुसार फरकफरक हुन्छ । अनुसन्धानहरुद्धारा पत्ता लगाइएको छ कि महिलाको महिनावारि भएको पहिलो र तेस्रो हप्ता यौनउत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो भने बाँकी हप्ता भने उसको लागी यौनउत्तेजना उत्पन्न गराउन केहि असहज समय भनेर मानिन्छ । यसको कारक तत्व भने रागरसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ ।

केहि केटिहरुमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौनचाहना सुषुप्त रुपमा रहन्छ भने मध्यकिशोरावस्थामा (१५–१७ वर्ष ) यौन चाहना पूर्ण रुपमा सक्रिय हुने हुन्छ । तर यही उमेरका केटीहरु भने किशोरहरुको तुलनामा केहि बढी भावुक हुने, यौन चाहना तिर भन्दा बढी सम्बन्ध विस्तार तिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा  केटीको यौन चाहना बढी हुन्छ भन्ने धारण फैलिएको हो । हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्ण रुपमा बाहिर ल्याउन सक्तैनन् । 

उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रुपमा आफ्नो इच्छालाई अगाडी आउन दिँदैनन् । 

१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु शृंगार सामाग्रीको प्रयोग गर्ने, समुहमा आफुलाई सबैभन्दा राम्रो देखाउने, सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् । समय परिस्थिति र आफु बस्ने समाजको मुल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरकफरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’