२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रीन सिटीद्वारा बुद्धमायाको निःशुल्क उपचार

६ श्रावण २०७५, आईतवार ०३:३९

साउन ६, काठमाडौँ | ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ । 

महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले यही असार २७ गते विष सेवन गरेर मानसिक सन्तुलन गुमाउन थालेपछि तीन दिन जिल्लामा उपचार गरेर थप उपचारका लागि काठमाडौँ ल्याएपछि ग्रीन सिटीले निःशुल्क उपचार गरेको हो । ग्रीन सिटीले करीब रु दुई लाख बराबरको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको हो । 

“जिल्लामा तीन दिनसम्मको उपचारमा केही सुधार नआएपछि आर्थिक अभावकै कारणले अन्य अस्पतालमा उपचारमा हुन नसकेको समाचार दलित अनलाइनबाट जानकारी पाएपछि ग्रिन सिटीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो” – ग्रीनसिटीका अध्यक्ष लोकबहादुर टण्डनले भन्नुभयो । 

जिल्ला अदालत महोत्तरीले असार २४ गते आफूलाई जातीय भेदभाव गर्नेविरुद्ध छ महिना कैद फैसला सुनाएपछि डर, त्रास धम्कीका कारण विश्वकर्मा आफैँले विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएको थियो । अहिले विश्वकर्माको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । सामाजिक असुरक्षाका कारण आफूले विष सेवन गरेको विश्वकर्माले बताउनुभयो । 

पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएका १६ जना मुटुका बिरामीको निःशुल्क उपचार गरेको अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो