२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणको ‘चमेलीमा’ रोमान्स गर्दै केकी र दिलिप

९ श्रावण २०७५, बुधबार १५:५८

साउन ९, काठमाडौं | अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । धेरै वटा सार्वजनिक समारोहमा संग–संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ ।


केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली‘’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलिपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले । गायक नरेश गौतमले यो कर्ण्प्रिय गीत गाएका हुन् । उक्त गीतलाई एनके ब्रदर्सले संगीतबद्ध गरेका हुन् । उदय राज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् ।

चमेलीको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढि पटक हेरिसकिएको छ ।


छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

यस्तो छ चमेलीको म्युजिक भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य