2026-09-15 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा खर्च विवरण सार्वजनिक

साउन १०, पोखरा | गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक गरेको छ । 

गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकका रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४, आर्थिक ऐन २०५५, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५को दफा ५ बमोजिम खर्च विवरण सार्वजनिक गरिएको कार्यालयका लेखा अधिकृत पदमराज बरालले जानकारी दिनुभयो । 

लेखा अधिकृत बरालका अनुसार रु दुई करोड ७४ लाख ८८ हजार प्रदेश प्रमुखको कार्यालयलाई विनियोजन गरिएकोमा विभिन्न शीर्षकमा रु एक करोड ९१ लाख दुई हजार ४४१ खर्च भएको छ । 

उक्त विनियोजित रकममध्ये रु ८३ लाख ८५ हजार ५५९ फ्रिज भएको छ भने कार्यालयले ६९.४९ प्रतिशत रकम मात्रै खर्च गरेको उहाँले उल्लेख गर्नुभयो । 

प्रदेश प्रमुखको कार्यालयलाई चालू खर्चमा रु एक करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा रु ८८ लाख ८ हजार १०७ खर्च भएको थियो । चालू खर्चमा रु ७६ लाख ७९ हजार ८९३ फ्रिज भएको छ भने ५३.४२ प्रतिशत रकम मात्रै खर्च भएको उहाँले जानकारी दिनुभयो । 

पूँजीगत खर्चतर्फ रु एक करोड १० लाख विनियोजन भएकोमा रु एक करोड दुई लाख ९४ हजार ३३४ खर्च भएको छ । सात लाख रु पाँच हजार ६६६ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकम खर्च भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ