२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीले माया जालमा फसाई यसरी युवतीको पैसा खाएपछि…

१० श्रावण २०७५, बिहीबार १२:२१

चिसाङ शेर्पा | साउन÷१०, खोटाङ | प्रहरीको नाम गरेर माया जालमा पारी एक ब्यक्तिले युवतीको ७६ हजार बढी रकम लिएर गायब भएका छन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कार्यरत ओखलढुङ्गा घर भनि सुजन क्षेत्री नाम बताउने निजले दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका २४ वर्षीय मन्जु तामाङको ७६ हजार २ सय रुपैयाँ नगद पैसा लिएर गायब भएका हुन् ।

सामान्य खेती किसानी र पशुपालन गर्दै जिवन निर्वाह गरीरहेका पिडीत तामाङलाई २०७२ सालमा एक्कासी नयाँ नम्बरबाट फोन गरेका क्षेत्रीले बिस्तारै विभिन्न प्रलोभन देखाउदै माया जालमा पारे । आलु बेच्नका लागि दिक्तेल हाटडाडाँ आएका बेला पहिलो भेट गरेका उनीहरु दुईबिच माया प्रेम पलाउदै गएको पिडीत तामाङले बताईन् ।

लगत्तै सुजनले दिक्तेल हाटडाडाँबाट आफ्नो सरुवा विराटनगरको जोगबनीमा भएको उनले बताएका थिए । मेलापात गर्दै घरमै जिबन गुजारा गरीरहेका पिडित तामाङलाई फरार क्षेत्रीले ईटहरीको बुढी खोलामा रुदै भेट्न बोलाएका थिए । दोश्रो भेटमा ‘अब बिहे गर्नुपर्छ । घडेरी किनेको छु । साहुले पैसा मागेको मागेकै छ ।’ उनले छैन छैन भनिरहे तर, बारम्बारको बिलौना सुनाएका क्षेत्रीको कुराले पिडित मन्जुको मन पलाएर आयो ।

जब मन्जु आफूप्रती लोभिन थाल्यो । त्यपसछि सुजनको मायाजालको षडयन्त्र बिस्तारै फैलिन थाल्यो । आफ्नो माया जालमा फसेको थाहा पाएपछि सुजनले मनमनै अर्को नाटक रचे । मेरो नागरिकता अफिसले दिएन । मेरो साथीको नाममा पैसा आइएमई गरीदिनु भनेर बिश्वस्त दिलाए । आफ्नो केटा साथीको बिश्वासमा मन्जुले २०७३ असार १८ गते इटहरीका भिम कुमारी भकरीको नाममा पहिलो पटक दश हजार, असार २५ गते २५ हजार, असार २७ गते १८ हजार र भदौ ५ गते २३ हजार २ सय पैसा आइएमई गरीन् । 


पिडित मन्जुले पैसा पठाई दिएपछि उनीलाई माया झाँगिएजस्तो महशुष हुंदै गयो । उनीमा एक हिसाबले आँखामा मायाको पट्टीले बाँध्यो । उता, सुजन भने कसरी उम्कने भनेर नयाँ नाटक रच्न थाले । त्यपछि उनीहरुविच फोन सम्पर्क कम हुंदै गयो । एकातिर मायाको विश्वासमा बसीरहेकी मन्जुले सुजनलाई ईटहरीको बुढी खोलामा मात्रै तीन पटक भेटे । त्यो भेट र आइएमई गरेका पैसाको फाईदा सुजनले भित्रभित्रै लिए । आफूले पठाएको पैसासँगै ठूलो बिश्वास राखेकी उसको फोन आउला, पठाईदिएको पैसा फिर्ता देला भनेर उनी घरै बसी रहिन् । तर, दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो न उसको फोन आयो, न पैसा पठाईदियो । मन्जुको मनमा तरंग पैदा हुंदै गयो अन्ततः आएर २०७४ माघ ४ गतेबाट (९८६२८५१९१६)  नम्बर सदाका लागि स्वीच अफ भयो ।


बल्ल मन्जु झसंग भई । आफू ठगिएको बुझिन्, घरमा परिवारले गाली गरे, घर छोडेर जान गाली गरे उनले सुनाईन् ‘घरमा मागेको र बंगुर पालेर जम्मा गरेको पैसा ठगीको फन्दामा परेछ ।’ सोझी युवती हत्तारमा पैसा पाइएला कि भनेर ईटहरी प्रहरीमा गए । ईटहरी प्रहरीले आफ्नै जिल्ला प्रहरी कार्यालय जान सुझाव अनुसार असार २७ गते प्रहरीले दिक्तेल आउँदा आइएमई कार्ड मगायो । उनले भनिन्,“सबै कुरा जुटाएर प्रहरीमा निवेदन दिएको छु । कहिले न्याय पाउँछु थाहा छैन ।” 

जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार सो नाम गरेको ब्यक्ति प्रहरीमा रेकर्ड नभएको जनाएको छ । प्रहरीका अनुसार मन्जुले आईएमई गरेका कागजात सहित डिटेल्स बुझ्नलाई आईएमईको मुख्य कार्यालय पानीपोखरी काठमाण्डौलाई अनुरोध गरिएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो