Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रेमीले माया जालमा फसाई यसरी युवतीको पैसा खाएपछि…

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | साउन÷१०, खोटाङ | प्रहरीको नाम गरेर माया जालमा पारी एक ब्यक्तिले युवतीको ७६ हजार बढी रकम लिएर गायब भएका छन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कार्यरत ओखलढुङ्गा घर भनि सुजन क्षेत्री नाम बताउने निजले दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका २४ वर्षीय मन्जु तामाङको ७६ हजार २ सय रुपैयाँ नगद पैसा लिएर गायब भएका हुन् ।

सामान्य खेती किसानी र पशुपालन गर्दै जिवन निर्वाह गरीरहेका पिडीत तामाङलाई २०७२ सालमा एक्कासी नयाँ नम्बरबाट फोन गरेका क्षेत्रीले बिस्तारै विभिन्न प्रलोभन देखाउदै माया जालमा पारे । आलु बेच्नका लागि दिक्तेल हाटडाडाँ आएका बेला पहिलो भेट गरेका उनीहरु दुईबिच माया प्रेम पलाउदै गएको पिडीत तामाङले बताईन् ।

लगत्तै सुजनले दिक्तेल हाटडाडाँबाट आफ्नो सरुवा विराटनगरको जोगबनीमा भएको उनले बताएका थिए । मेलापात गर्दै घरमै जिबन गुजारा गरीरहेका पिडित तामाङलाई फरार क्षेत्रीले ईटहरीको बुढी खोलामा रुदै भेट्न बोलाएका थिए । दोश्रो भेटमा ‘अब बिहे गर्नुपर्छ । घडेरी किनेको छु । साहुले पैसा मागेको मागेकै छ ।’ उनले छैन छैन भनिरहे तर, बारम्बारको बिलौना सुनाएका क्षेत्रीको कुराले पिडित मन्जुको मन पलाएर आयो ।

जब मन्जु आफूप्रती लोभिन थाल्यो । त्यपसछि सुजनको मायाजालको षडयन्त्र बिस्तारै फैलिन थाल्यो । आफ्नो माया जालमा फसेको थाहा पाएपछि सुजनले मनमनै अर्को नाटक रचे । मेरो नागरिकता अफिसले दिएन । मेरो साथीको नाममा पैसा आइएमई गरीदिनु भनेर बिश्वस्त दिलाए । आफ्नो केटा साथीको बिश्वासमा मन्जुले २०७३ असार १८ गते इटहरीका भिम कुमारी भकरीको नाममा पहिलो पटक दश हजार, असार २५ गते २५ हजार, असार २७ गते १८ हजार र भदौ ५ गते २३ हजार २ सय पैसा आइएमई गरीन् ।

पिडित मन्जुले पैसा पठाई दिएपछि उनीलाई माया झाँगिएजस्तो महशुष हुंदै गयो । उनीमा एक हिसाबले आँखामा मायाको पट्टीले बाँध्यो । उता, सुजन भने कसरी उम्कने भनेर नयाँ नाटक रच्न थाले । त्यपछि उनीहरुविच फोन सम्पर्क कम हुंदै गयो । एकातिर मायाको विश्वासमा बसीरहेकी मन्जुले सुजनलाई ईटहरीको बुढी खोलामा मात्रै तीन पटक भेटे । त्यो भेट र आइएमई गरेका पैसाको फाईदा सुजनले भित्रभित्रै लिए । आफूले पठाएको पैसासँगै ठूलो बिश्वास राखेकी उसको फोन आउला, पठाईदिएको पैसा फिर्ता देला भनेर उनी घरै बसी रहिन् । तर, दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो न उसको फोन आयो, न पैसा पठाईदियो । मन्जुको मनमा तरंग पैदा हुंदै गयो अन्ततः आएर २०७४ माघ ४ गतेबाट (९८६२८५१९१६)  नम्बर सदाका लागि स्वीच अफ भयो ।

बल्ल मन्जु झसंग भई । आफू ठगिएको बुझिन्, घरमा परिवारले गाली गरे, घर छोडेर जान गाली गरे उनले सुनाईन् ‘घरमा मागेको र बंगुर पालेर जम्मा गरेको पैसा ठगीको फन्दामा परेछ ।’ सोझी युवती हत्तारमा पैसा पाइएला कि भनेर ईटहरी प्रहरीमा गए । ईटहरी प्रहरीले आफ्नै जिल्ला प्रहरी कार्यालय जान सुझाव अनुसार असार २७ गते प्रहरीले दिक्तेल आउँदा आइएमई कार्ड मगायो । उनले भनिन्,“सबै कुरा जुटाएर प्रहरीमा निवेदन दिएको छु । कहिले न्याय पाउँछु थाहा छैन ।”

जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार सो नाम गरेको ब्यक्ति प्रहरीमा रेकर्ड नभएको जनाएको छ । प्रहरीका अनुसार मन्जुले आईएमई गरेका कागजात सहित डिटेल्स बुझ्नलाई आईएमईको मुख्य कार्यालय पानीपोखरी काठमाण्डौलाई अनुरोध गरिएको बताएको छ ।