2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा शान्तिश्रीको सन्देशमूलक तीज गीत सार्वजनिक

साउन ११, काठमाडौँ | ‘सृष्टीकै उत्कृष्ट सृजना हो नारी, आमा हुन नारी सम्मान गरौं, छोरी हो नारी इज्जत गरौं, आफ्नो जिवन संगनी हो नारी प्रेम गरौं , आजै देखी छोरा र छोरी बिचको भेदभाव बन्द गरौं ।’ यही सन्देश दिने उद्देश्यले बहुचर्चित गायिका शान्तिश्री परियारले तीज गित छोरी सार्वजनिक गरेकी छन् । 

हाम्रो समाजमा अझै पनि जिवित रहेको छोरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याइ सभ्य समाज निर्माण गर्न कलाकार पनि जुट्नु पर्ने शान्ति बताउँछिन् । आफुले ल्याउने हरेक सृजनामा समाजमा रहेको कुसंस्कृतिको अन्त्य गर्न कतै न कतै जोड्नै पर्ने गायिका शान्तिको भनाई छ । शान्तिश्री परियार र नारायण भुजेलको शब्द रहेको यो गितले समाजको बास्तविकतालाई बाहिर ल्याएको छ । नारीले हाम्रो देशको नेतृत्व गरिरहेको अवस्थामा अझै किन छोरी प्रतिको सोचाई परिवर्तन हुन सकिरहेको छैन ? किन मान्छेहरु छोरी भएपछि गर्भमै तुहाउन खोज्छन् ? यस्तो समाजलाई परिवर्तन गर्न जुन ठाँउमा जो छ उसैले आवाज बुलन्द पार्न आबश्यक रहेको गायिका शान्तिको भनाई छ ।

बिहिबार मात्र शान्तिश्रीकै युटुव च्यानल मार्फत सार्वजनिक भएको सो मार्मिक गितमा समाजको बास्तकितालाई उजागड गरिएको छ । तीजको गित भएपनि सचेतनामुलक र सन्देशमुलक रहेको छ । यो गितमा लय गायिका शान्तिकै रहेको छ भने अभिनयमा बुहारीको भुमिकामा शान्ति आफै छन् । 

यसै यो गीतमा लक्ष्मी गिरी, हरि शरण रिजाल, खेम घर्तीले अभिनय गरेका छन् । यसमा वालकलाकार रितु श्रेष्ठको पनि अभिनय छ । 

मालाश्री स्टुडियोमा निर्माण नियन्त्रक नवराज भटराई,एरेन्ज बिनोद बाजुराली,मिक्सींग खड्ग बाजुराली, छायाकंन करन चैसिर, सम्पादन मनोज कार्की र निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् । यस्तै दृष्य निर्माण मण्डली फिल्मले गरेको हो ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता