२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, कुन राशिका व्यक्तिलाई कस्तो फल दिन्छ ?

११ श्रावण २०७५, शुक्रबार ०५:५६

साउन ११, काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट अवलोकन गर्न सकिनेछ ।

पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ ।

चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ ।

नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।

तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ ।

यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ ।

साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ ।

ग्रहणको बेला चन्द्रमा तारो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्दछन् ।

ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ । सूर्योदयपछि सूतक समाप्त हुन्छ ।

खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ ।

धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिन्छ । उनी भन्छन्, ‘नांगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलिय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन ।’

धार्मिक कथा

हिन्दु धर्ममा ग्रहणलाई लिएर धेरै प्रकारका पौराणिक मान्यताहरु छन् । चन्द्र ग्रहणसँग सम्बन्धित एक कथा पनि प्रचलित छ । भनिन्छ एकपटक राहु र देवताबीच लडाइँ भइरहेको थियो । देवता र राक्षस दुवैले अमरताको वरदान प्राप्त गर्न चाहन्थे र अमृत हात पार्न चाहन्थे । त्यहीबेला विष्णुले मोहिनीको रुप धारण गरेर राहुलाई मोहित पारे र उनीबाट अमृत हात पार्न सफल भए ।

राहुले पनि अमृत पाउनका लागि देवताहरुविरुद्ध अर्को चाल चल्ने विचार गरे । उनले देवताको भेष धारण गरे र अमृत बाँड्ने लाइनमा बसे । तर यो कुरा सूर्य र चन्द्रमाले थाहा पाए । त्यसपछि विष्णु भगवानले राहुको टाउको काटिदिए । त्यसपछि राहुबाट अर्को ग्रह बन्यो, त्यो हो केतु । सूर्य र चन्द्रमाबाट बदला लिनका लागि राहुले दुवैमा आफ्नो छायाँ पारिदिए । जसलाई हामी सूर्य ग्रहण र चन्द्र ग्रहण भन्दछौं । त्यसैले ग्रहणलाई अशुभ र नकारात्मक शक्ति सक्रिय हुने समय मानिन्छ ।

१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल यसप्रकार रहेको छ । 

मेष : सुख

वृष : माननाश वा मानहानी हुने

मिथुन :  कष्ट हुने

कर्कट : स्त्री पीडा

सिंह : सुखदायी हुने

कन्या : चिन्ता बढ्ने

तुला : व्यथा बढ्ने

बृश्चिक : श्री प्राप्ति हुने

धनु : क्षति हुने

मकर : घात हुने

कुम्भ : खर्च बढ्ने

मीन : लाभ हुने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य