२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

१३ श्रावण २०७५, आईतवार ०२:३८

साउन १३, सुर्खेत (रासस) | जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । 

यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनुभयो । 

आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु २५ करोड ९९ लाख तीन हजार ५४९ बजेट छुट्याइसकेको उहाँले बताउनुभयो ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर ब्रिटिश सिंहले जानकारी दिनुभयो । इञ्जिनियर सिंहले विद्युत् गृहका लागि रु २६ करोड र ट्रान्समिसन लाइनका लागि रु १० करोड लागत बजेट रहेको बताउनुभयो । केही प्रतिशत समुदायको योगदान रहने बताउँदै उहाँले अपुग रकम एडिपीको सहयोगमा बैकमार्फत ऋण लिइने जनाउनुभयो । 

विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले योगदान दिने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । “यो आयोजना निर्माण भएसँगै सिंगो जुम्ला उज्यालो हुनेछ । त्यसका साथै जवा खोलाबाट ३०० मेगावाट विद्युत् निकाल्न पहल आरम्भ गरेका छौँ,” आन्तरिक मामिलामन्त्री भण्डारीले भन्नुभयो । विद्युत् निर्माण भएमा पातारासी गाउँपालिकाका तीन हजार ३२० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ लिने जनाइएको छ । उक्त लाइन सदरमुकाम जुम्ला खलंगासम्म ल्याउने तयारी भइरहेको आयोजना निर्माण समितिका अध्यक्ष बुढाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य