२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीको राजधानीमा पार्किङ समस्या, सवारी थपिए, सडक झन्झन् नाजुक

२०७५, १४ श्रावण सोमबार ०२:१४

साउन १४, सुर्खेत, १३ साउन । बढ्दो सवारी चापले कर्णालीको राजधानीमा वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेत तोकिएसंगै  बढेको जनघनत्व,  सवारी चापअनुसार पार्किङस्थलको अभाव र बसपार्क निर्माणमा ढिलाईले ट्राफिक व्यवस्थापन चुनौती बनेको हो ।

राजधानीको व्यस्त मंगलगढी चोकमा अवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । राजधानीका सडकहरुमा निर्वाध रुपमा सवारी गुडाउन आफुखुशी स्पिड ब्रेकरहरु राखिएको, चौकमा अव्यवस्थित पार्किङ, अटोरिक्साहरुको मनोमानी पार्किङ, सडकमा अवस्थित निर्माण सामग्री राख्नु, ट्राफिक संकेतको अभाव र अधिकार सम्पन्न यातायात कार्यालय नहुनुले पनि वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापन चुनौती बनेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतको एक अध्ययनले देखाएको छ ।

कर्णालीको प्रदेश राजधानी घोषणा भएसंगै वीरेन्द्रनगरमा गुड्ने सवारी साधनको संख्या २० हजार नाघेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा मोटरसाइकिलको संख्या धेरै छ । वीरेन्द्र्रनगरमा १७ हजार ३ सय ५८ मोटरसाईकल रहेको तथ्याङ्क ट्राफिकसंग छ । वीरेन्द्रनगरमा १ सय ९४ कार र जीपको संख्या छ भने ३ सय ३२ वटा ट्रक र टिपरहरु वीरेन्द्रनगरमा छन् ।

त्यस्तै १ सय ६५ वटा पावल टेलर, २३ वटा जेसिवी, बस र मिनी बसको संख्या  ५ सय २८, ट्याक्टर ४ सय ७४ र १ हजार १ सय अटोरिक्सा वीरेन्द्रनगरमा रहेको तथ्याङ्क छ ।


सुर्खेतमा तीन खाले सडक छन् । जिल्लाको कुल ४ सय ८५ किलोमिटर सडकमध्ये ३ सय ३५ किलोमिटर पक्की, ६७ किलोमिटर सडक ग्राभेल र ७३ कलिोमिटर सडक कच्ची छ । जिल्लाका सबै सडकहरुमा मौसमअनुसार सवारी साधनहरु गुड्ने गरेका छन् ।

कर्णालीको राजधानी घोषणा भएसंगै वीरेन्द्रनगरको सडकको स्तरोन्नतीको अपेक्षा गरिए पनि यहाँका सडकहरु भने झन्झन नाजुक बन्दै गएका छन् । ‘वीरेन्द्रनगरमा दिनदिनै सवारी साधनको चाप बढ्दो छ’ जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हरीबहादुर विसीले भने, ‘यहाँको ट्राफिक व्यवस्थापनलाई दिर्घकालिन रुपमै सम्बोन्धन गर्न सबै पक्ष समयमै सचेत हुन जरुरी छ ।’

सिमित स्रोत साधनले सबै ठाउँमा ट्राफिक पुग्न नसक्नुले दुर्घटना न्युनिकरणको प्रयासले सार्थकता पाउन नसकेको ट्राफिक प्रमुख बिसीले बताए । प्रदेश राजधानी रहेको सुर्खेतमा ट्राफिक प्रहरी कार्यालयसहित ८ स्थानमा मात्र अस्थायी ट्राफिक पोष्ट छन् । २३ जनाको दरबन्दी रहेको सुर्खेत ट्राफिक कार्यालयमा हाल ३३ जना पु¥याइएको भए पनि ट्राफिक प्रहरीको सामान्य दुर्घटना पनि रोकिन नसकेको विसीले बताए । ‘जिल्लामा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न यातायात समिति र सवारी चालकहरुसंग छलफल गर्दै आएका छौं’ उनले भने ।

यसैबीच, कार्यालयको पछिल्ला तीन आर्थिक वर्षको दुर्घटनाको तथ्याङ्क केलाउने हो भने सवारी साधन दुर्घटनाको दर बढ्दो क्रममा छ । तीन वर्षको अवधीमा १ सय ७१ सवारी दुर्घटनामा ७६ जनाको मत्यु भएको छ भने १ सय ६८ जना शक्त र ४ सय २९ सामान्य घाइते भएको ट्राफिकको तथ्याङ्क छ ।

आर्थिक वर्ष ०७२/०७३ मा ४२ दुर्घटनामा २४ जना, आर्थिक वर्ष २०७३/०७४ मा ५१ सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा भएका ७८ सवारी दुर्घटनामा ३५ जना शक्त घाइते र २ सय ६० जना सामान्य घाइते भएका छन् । ट्राफिक कार्यालयले तीन वर्षमा ४५ हजार ९ सय ६४ सवारी साधनलाई कार्वाही गरेर १ करोड ८१ लाख ६ हजार राजश्व संकलन गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै