2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक सुवेदीले विन्दुलाई सुटुक्क रानी वनमा जाम भनेपछी… (भिडियो)

सास । साउन १४, काठमाडौं । मोफसलमा बसेर पनि विगत २ दशकदेखि नेपाली लोक तथा आधुनिक विधाका गीतहरुमा साधना गर्दै आइरहेका संगीतकार तथा गायक प्रभात सुवेदीले विन्दु परियारलाई सुटुक्क रानी वनमा जान अनुरोध गरेका छन् ।

साझा सबाल डटकमको बर्दिया जिल्ला सम्पादक सहित रहेर, बर्दियामै शिक्षण, पत्रकारिता, प्रशिक्षक तथा संगीत क्षेत्रलाई आफ्नो कर्म बनाएका प्रभात सुवेदीका दर्जनौं लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । २०५८ सालमा ‘वाचा कसम’ २०५९ सालमा ‘चरी जुरेली’ २०६१ सालमा ‘पिपलु चौतारी’ २०६३ सालमा ‘उज्जालो विहानी’, २०६५ सालमा ‘डोको नाम्लो’, त्यसैगरी २०७० सालमा ‘भवसागर’ भजन सङ्ग्रह लगायत थुप्रै फुटकर गीतहरु बजारमा ल्याएका सुवेदीको संगीतमा साउन ६ गते मात्रै ईश्वरी रिजाल ‘उल्कापात’ का रचना रहेको ‘चरी बनी उडी गइन्’ गीत गायक शिशिर योगीको आवाजमा सर्वाधिक रुचाइएको छ ।

वहुआयामिक प्रतिभा भएका सुवेदी आफूले रोजेका हरेक क्षेत्रहरुमा अब्बल देखिन्छन् । यो उनको विशेषता पनि हो । कहिलेकाँही स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरुमा लेखहरु पनि लेख्दै आएका सुवेदीको ‘जगाऔँ आत्मविश्वास’ नामक पुस्तक समेत प्रकाशित छ । उनी गणित विज्ञानका शिक्षक पनि हुन् । बर्दियाको गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्यापनरत रहेका प्रभात सुवेदी जिल्लामा सञ्चालन हुने विभिन्न शैक्षिकक तथा रङ्गमञ्चीय कार्यक्रमहरुमा उद्घोषण गर्न पनि उत्तिकै माहिर मानिन्छन् । 

केही समय अघि मुनाल टिभिको च्यानलबाट सार्वजनिक भएर म्युजिक नेपालले अफिसियल राइट लिएको गीत ‘धन सम्पत्ति’ ले पनि निकै चर्चा कमाएका सुवेदीले यसपाली भने युवायुवतीहरुलाई मन पर्ने र नचाउने गीत गायिका विन्दु परियारसँग लिएर आएका छन् । 

खासगरी स्थानीय स्तरमा आयोजना गरिने मेला महोत्सवहरुमा आमन्त्रण हुने भएकोले अलि नाच्ने खालका गीतहरु गाउनुपर्ने र युवायुवतीहरुलाई नचाउनै लागि यो गीत बजारमा ल्याएको उनी बताउँछन् ।

सहारा फिल्मले निर्माण गरी मुनाल टिभीको अफिसियल युट्युव च्यानलमार्फत आइतबार सार्वनिक गरिएको ‘पिरतीको कीला’ गीत उनको आफ्नै शब्द र संगीत हो भने यसको भिडियो फिचरिङ एलिना रायमाझी र विकाश लामाले गरेका हुन् । भिडियोको निर्देशन भने चर्चित निर्देशक शिवेन पोख्रेलले गरका छन् । मुकेश हुमागाईंको क्यामेरा र अधिनायकमान शेरचनको सम्पादन रहेको यस भिडियोमा नव मोडलकै रुपमा बर्दियाकै अनिशा क्षेत्रीले युबिन ढुङ्गानासँग शशक्त अभिनय गरेकी छिन् । 

अबको केही दिनमै सुवेदीका दुईओटा गीतका म्युजिक भिडियोहरु सार्वजनिकीकरणको तयारीमा रहेका छन् । डान्सिङ बिटमै लोक स्वादमा ‘टोक्नै नमिल्ने’ र राष्ट्रभक्तिले ओतप्रोत गीत ‘नेपालको स्वार्थ बाहेक’ तयारीमा रहेको उनले बताए । भने टीका पुनसँग गाएको नेपालगञ्जकी साहित्यकार ऋचा लुईंटेलका शब्दहरुमा ‘हलोजुवा फरुवा’ गीतको अडियो फाइनल भएर बाँके बर्दियामै सुटिङको तयारीमा रहेको उनले बताए ।  

हेर्नुहोस् भिडियोः– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो