२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो : प्रधानमन्त्री

१५ श्रावण २०७५, मंगलवार ११:२१

साउन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन्।

महालेखा परीक्षकको २०७४/०७५  लेखा परीक्षण सम्बन्धी बैठकमा आज सिंहरदबारमा भएको बैठकमा  प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरूले यस विषयमा गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यालयहरूमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताएका छन्।

‘के कारणले बेरुजु भएको हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानूनी कारबाही गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले  भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताएका छन्।

बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन’, प्रधानमन्त्री ओलीले भने, ‘तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।’

बैठकमा  महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४/०७५मा  ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का