2026-08-04 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको आजको राशिफल हेर्नुहोस् – श्रावण १७ गते बिहीवार, उत्तर दिशाको यात्रा उपयुक्त

आजको पञ्चाङ्ग – 

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको १७ गते  बिहीवार । 

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०२ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको पञ्चमी, ०७ः३६ बजेपछि षष्ठी ।  

योगः सुकर्मा १३ः०४ बजेपछि धृति ।

नक्षत्रः  उत्तरभाद्रपदा १०ः३३ बजेपछि रेवती । 

करणः तैतिल, ०७ः३६ बजे उपरान्त गर । 

चन्द्रमाः  मीन राशिमा । 

काठमाडौंमा सूर्योदयः ०५ः२८ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५१ बजे ।

राहुकालः १३ः४९ बजेपछि १५ः३० बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर दिशाको लागि उपयुक्त । 

आजको राशिफल

मेष राशिः

कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न । खर्चको मात्रा बढ्ने देखिन्छ । कामकार्यमा पनि अबरोधको सामना गर्नुपर्ने छ । तीन अंक र पहेंलो रङ्गको उपयोग शुभ हुनेछ भने माँ बगलामुखीको दर्शनभक्ति गर्न सक्नुहुनेछ ।

वृष राशिः

आश्वासन पाएको तथा बढी कोसिस गरिएको काम बन्न अल्लि कठिन देखिएको छ । उठ्नपर्ने धन असुली हुनपनि कठिन पर्नसक्ने छ । रपनि कोषमा केही अर्थ सङ्कलन हुनेछ । व्यापार तथा व्यवसायिक कामकार्यबाट केही लाभ गर्नसकिने छ । दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ बगलामुखीको साथमा महावीर हनुमानजीको स्तुति आराधना गर्नु हितप्रद हुनेछ ।

मिथुन राशिः

मानसम्मान तथा उच्च संपर्क विस्तारको सम्भावना छ । राम्रो लाभ एवं उपलब्धि हुनेछ । केही हद्सम्म सम्मानित स्थान प्राप्त हुनेछ भने औकात अनुसारको जिम्मेवारी लिनु ठिकै हुनेछ । कार्यक्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । महत्तवपुर्ण ठानिएको कार्ययोजनाको बारेमा छलफल हुनसक्ने छ । एक अंक, रातो रंग प्रयोग र मान्य तथा गुरुजनको दर्शनभेट् गर्नु हितकर हुनेछ । 

कर्कट राशिः

कान्तिमा मलिनता, दबाब एवं अपयशको बाबजुत अन्ततः काममा सफलता मिल्नेछ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्ममा मन जानाले धार्मिक कार्य सम्पादन हुनसक्ने देखिन्छ । नौ अंक पहेलो रंगको प्रयोग र माँ बगलामुखीको स्तुति ध्यान गर्नुले परिणाम राम्रो आउनेछ । धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी भूमिका निर्वाह गर्नेछ । 

सिंह राशिः

स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने ग्रहप्रभाव छ । दीर्घरोगीले आहारविहारमा बढी ख्याल पुर्याउनुहोला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा शत्रुप्रभाव बढ्ने सम्भावना रहेको छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्न र शत्रुको प्रभावलाई न्यून गर्न सकिने छ । आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु होला । 

कन्या राशिः

अबरोधको बाबजुत भौतिक कर्मबाट लाभ मिल्नेछ । व्यापार तथा व्यवसायिक उन्नति हुनाले आर्थिक लाभ मिल्नेछ । पारिवारिक कर्तव्य पूरा गर्नपनि सकिने छ । सांसारिक सुखभोगले मनमा बढी प्रभाव पार्नेछ । दाम्पत्य भूमिकामा बृद्धि हुने तथा प्रेमसम्बन्धलाई समय दिनपर्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग र ग्रह अबरोध निवारणको लागि माँ बगलामुखीको श्रद्धाभक्ति सेवा आराधना गर्नु शुभप्रद रहनेछ । 

तुला राशिः

व्यवसायबाट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । हरियो रंग, छ अंकको प्रयोग गर्नु अनुकूल रहने छ भने कूलदेवता एवं पितृदेवको श्रद्धाभक्ति एवं दर्शन गर्नु शुभप्रद हुनेछ । 

वृश्चिक राशिः

विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । कसैकसैलाई बढी विद्वतता छाट्न खोज्दा गोपनियता खुस्कने र गर्नैपर्ने काम थाति रहनसक्ने पनि सम्भावना छ ख्यालपुर्याउनु होला । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

धनु राशिः

कामकार्यमा विभिन्न दृष्यादृष्य अबरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट सफलता एवं आकस्मिक लाभ मिलनसक्ने छ । योजनामा नपरेको काम बन्दा उमङ्ग बढ्नेछ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद वरदानतुल्य हुनेछ । 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उद्यमकार्य सम्पादन गर्न सकिने छ । पुरुषार्थ बढ्ने र कामकार्यमा मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । कुनै मातृशक्तिको कारणले गर्नै खोजेको इष्टकार्यमा अबरोध नआउला भने भन्नसकिन्न । विचारविमर्श र व्यवहारिकतामा ध्यान दिनु बुद्धिमानी हुनेछ । माँ इन्द्रायणीको सेवा आराधना, हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ । 

कुम्भ राशिः

बोलीवचनको प्रभाव अनुकूल पार्न प्रयत्न गर्नुपर्ने छ भने संयम पनि त्यतिकै आवश्यक रहनेछ । आर्थिक अपव्ययको सम्भावना छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा विचार पुर्याएर व्यवहार गर्नुपर्ला । दुई अंक,सेतो रंगको प्रयोग र विद्यार्थीको लागि माँ सरस्वतीको वन्दना गर्नु शुभप्रद रहने छ । 

मीन राशिः

बढी ईच्छाएको काममा संघर्ष पर्नसक्ने कुरालाई नकार्न सकिन्न । समयको सदुपयोग गर्नाले मानप्रतिष्ठामा भने बृद्धि हुनेछ । क्षणिक रुपमा भएपनि बोलीव्यवहारले मान्छेलाई प्रभाव पारेर सत्कार्यको लागि आकर्षण गर्न सकिनेछ । कामकार्य आदिको बारेमा सोँच विचार तथा योजना बन्नसक्ने छ । भैरवदेवको दर्शनभक्ति गर्नु शुभकर हुनेछ । 

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

(डबल गोल्डमेडलिष्ट)

आचार्य (एम.ए.) ज्योतिष । वैद्यराज उपाधि आय७३घढसर्वेद । ज्योतिष, योग एवं

प्राकृतिक चिकित्सा कर्मी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने