2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ महिना १४ दिन बित्यो : अझै भेटिएन दुइ बालिका,एक बालक पनि बेपत्ता

चिसाङ शेर्पा, साउन १७, खोटाङ । खोटाङमा हराईरहेका दुइ बालिका १ महिना १४ दिन पुग्दा समेत अझै भेटिएको छैन । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्र्षीय कृष्ण कुमारी तामाङ अझै नभेटिएको हो । 

गएको असार ३ गतेबाट हराईरहेका कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत सपनाको खोजीका निम्ति परिवार, आफन्त, छरछिमेक, प्रहरी जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

परिवारले दुइ बालिका हराएको ६ दिनपछि अर्थात असार ८ गते प्रहरीमा निवेदन दिएकाले खोजतलास गर्नमा केही ढिलाइ भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्र कुमार राजबंशीले बताए । प्रहरी पारिवारीक सम्पर्कमा एकदम नजिक छ । उहाँले भन्नुभयो,“असार ८ गतेबाट दुइ बालिकाको हुलिया जारी गरेर ब्यापक खोजतलास गरीरहेका छौ ।”

लामो समय देखी सवैतिर खोजी कार्य भईरहेको भएपनि हालसम्म उनिहरु सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । कसैले उनीहरुलाई ललाईफकाई कतै लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई नाम गरेका बालक चार दिनयता हराईरहेका छन्् । गत सोमबार घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो । सोझो र बेलाबेला प्रष्ट मुख नलाग्ने प्रदिप मावला खाल्लेहुंदै टेम्मा जान्छु भनेर हिडेको भएता पनि खाल्ले र टेम्मामा नभएको आमा चित्रकुमारीले बताइन् ।

प्याजी रंङको ज्याकेट, निलो पाईन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि असार १६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ । 

फोटो ः हराईरहेका दुइ बालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई