आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २० गते आइतवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०५ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको अष्टमी, ०६ः२१ बजेपछि नवमी ।

योगः गण्ड ०८ः५१ बजेपछि वृद्धि ।

नक्षत्रः भरुणी ११ः१३ बजेपछि कृतिका ।

करणः कौलव ०६ः२१ बजे उपरान्त तैतिल ।

चन्द्रमाः  मेष राशिमा, १७ः०६ बजेपछि वृषमा ।

काठमाडौंमा सूर्योदयः ०५ः२९ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४८ बजे ।

राहुकालः १७ः०८ बजेपछि १८ः४८ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी ईशान एवं आग्नेय दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः

ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने छ । नयाँकाम वा शेयर आदिको लगानीको अवसरको सम्भावना देखिन्छ । एक अङ्क, रातो रङ्ग र भगवान सूर्यदेवको दर्शन भक्ति गर्नुु शुभकर हुनेछ ।

वृष राशिः

सजिलोसँग काम भइहाल्न अल्लि गार्हो छ । आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना ेछ । अल्लि बढी मेहनत गरेर मात्रै सफलता प्राप्त गर्नसकिएला । मान्यजनलाई भेट्गर्नु, यात्रा गर्नु, नगरी नहुने काममा खर्च गर्नु जस्ता कार्य आज सम्पादन गर्नु बुद्धिमानी हुनेछ । तीन अंक, पहेंलो रङ्गको प्रयोग र सूर्यनारायणको श्रद्धाभक्ति तथा साधना गर्नु फापकर हुनेछ ।

मिथुन राशिः

अपेक्षा गरेजति आर्थिक उपलब्धि हुन कठिन पर्नसक्ने छ । आश्वासन मिलेको काम समयमै नभइदिँदा अल्लि दिक्कत लाग्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र भैरवदेव श्रद्धाभक्ति आराधना गर्नु तथा कुुकुरको सेवा गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः

जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट आंशिकलाभ हुनेछ । केहीहद्सम्म मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । तुरुन्तै फल प्राप्त गर्न नसकिएपनि केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज तपाईले माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

सिंह राशिः

अवमूल्यन हुनसक्ने गोचर योग परेको हुनाले माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनाछ । कामकुरामा अल्लि सावधानी अप्नाउन जरुरी छ । तथापि केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने छ ।

कन्या राशिः

दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । आहारविहारमा सजगता अप्नाउनु होला । आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

तुला राशिः

जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । सात अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने सूर्यनमस्कार योगको अभ्यास गर्नु हितकर हुनेछ ।

वृश्चिक राशिः

पराक्रम बढ्ने छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, निवारणको लागि गुरुजनको आर्शिवाद लिनु वा विद्वानजनलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बगलामुखीको स्तुति आराधना गर्नाले महत्त्वपूर्ण कार्यमा आउने अबरोध कम गर्न मद्दत मिल्नेछ ।

धनु राशिः

अल्लि कडामिजास देखिनसक्ने सम्भावना छ । मानसिक योजना तथा आन्तरिक सल्लाह भन्दा फरक ढंगले सवाल अघि बढ्नसक्ने छ । क्रोधको पनि विकास हुनसक्ने कुरालाई नकार्न सकिन्न । मनोवैज्ञानिक पछुतो पर्नसक्ने छ बेतुकको संवादको बाहनामा जम्मा हुनेहरुले तपाईको कार्यमा अल्झन ल्याउनसक्ने कुराप्रति होसियारी गर्नुहोला । विद्यार्थीको लागि विद्या बढ्नसक्ने छ ।

मकर राशिः

बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सम्भावना छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ ।

कुम्भ राशिः

पौरखीलो ग्रहगोचर परेको छ । आँट जोश जाँगर र पराक्रम बढ्ने छ । ईच्छाएको कामकार्य बन्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने छ । माँ बगलामुखीको स्तुति आराधना एवं गुरुजनको आर्शिवाद लिने काम गर्नु बुद्धिमानी तथा हितकर हुनेछ ।

मीन राशिः

अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनेछ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको आराधना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।