२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीजरल्याण्ड विमान दुर्घटनाः सबै यात्रुको मृत्यु भएको पुष्टि

२०७५, २० श्रावण आईतवार १८:११

साउन २०, जेनेभा | बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । 

आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबरको पुष्टि गर्दछ ।” 

यसअघि दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको द जङ्कर, जेयू ५२ एचबी–एचओटी विमानमा चालक दलका तीन सदस्य र १७ यात्रु लिएर पिज सेगनास हिमाल क्षेत्रमा उडिरहेका समय शनिबार दुर्घटनाग्रस्त भएको स्वीजरल्याण्डको एटिएस न्यूज एजेन्सीले जनाएको थियो । विमान दुई हजार ५०० मिटरको उचाईमा रहेका समय दुर्घटनाग्रस्त भएको एटिएसले जनाएको हो । 

एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, “विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टानसरी जमिनमा खसेको थियो ।” विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा सानो क्षेत्रमा छरिएको बताउँदै विमान दुर्घटनाको कारण विष्फोटन नहुनसक्ने सङ्केत देखिएको प्रत्यक्षदर्शीले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने