साउन २१, काठमाडौं | भारत सरकारले प्रतिवन्ध लगाएका भारतीय १२ लाख ७० हजार रुपैयाँसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।
१ हजार र ५ सय दरका भारतीय नोटसहित २ जना नेपाली पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौंको म्हेपी घर भएका ५२ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीको मादी घर भएका ४३ वर्षीय सुरज मल्ल रहेका छन् ।
उनीहरुको साथबाट प्रतिवन्धित १ हजार र ५ सय दरका गरी १२ लाख ७० हजार भारतीय रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।