३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको महिनावारी किन नियमित छैन ? यस्तो हुनसक्छ कारण !

२१ श्रावण २०७५, सोमबार ०६:१९

धेरैजसो महिलाहरु समयमै महिनावारी हुदैनन् | महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो।

‘शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।

कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ ।

तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ ।

पाठेघरका  विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको शुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन पर्दैन ।

केही महिलामा १५ दिनको फरकमा पनि महिनावारी हुने समस्या हुन्छ । यो एकदम कम महिलामा हुने समस्या हो । महिनावारी हुने तालिका पहिलेदेखि नै १५ दिन रहेको भए सामान्य नै हो  । एक्कासी १५ दिनमै फेरि दोहोरियो भने चाहिँ कुनै खराबी आएको बुझनुपर्ने हुन्छ । यस्तो बेलामा चाहिँ ढिलो नगरी चेकजाँच गराउँदा राम्रो हुन्छ ।

पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ । यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ ।

महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन ।

‘महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ । २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन । शुरु देखि जस्तो भइरहेको छ । अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो । यसैगरी तीन चार दिनको तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ ।

अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ ।  यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ ।  तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ । त्यस्तै समय–समयमा थाइराइड जचाइ राख्ने एवम् डाक्टरको परामर्श लिइरहने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट