2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको विकल्प छैनः उपप्रधानमन्त्री

साउन २२, भक्तपुर | उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । 

संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भन्नुभयो, “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।” 

अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव छ भएको बताउँदै यादवले भन्नुभयो, “अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ ।” 

स्वास्थ्यमन्त्री यादवले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन गाउँगाउँमा यस वर्ष एक हजार २०० वटा केन्द्र स्थापना गरिने बताउँदै स्वास्थ्य क्षेत्रमा महिलाको अधिकार स्थापित गर्न विधेयक ल्याइने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले भक्तपुर अस्पतालका लागि एम्बुलेन्स ल्याइसकेको र अब केही दिनभित्रै हस्तान्तरण गरिने बताउनुभयो । 

कार्यक्रममा उहाँले पार्टीको भक्तपुर नगर समितिमा चुनिएका पदाधिकारीलाई शपथ खुवाउनुभएको थियो । त्यस अवसरमा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य कृष्णबहादुर घजु, वीरेन्द्र प्रधान, आङडेण्डी शेर्पा र भक्तपुर जिल्ला अध्यक्ष दीना लामाले संविधानमार्फत सबैको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको थियो । 

आजकै भेलाले फोरम भक्तपुर नगर समिति गठन गरेको छ । समितिका अध्यक्षमा श्याम शिलाकार, उपाध्यक्षमा रमेश बल्ल, सचिवमा सुरेन्द्र ध्वंजु, कोषाध्यक्षमा सचिन मुनकर्मीसहित सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो