२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलामा डुबेर दुई बालबालिका बेपत्ता

२०७५, २२ श्रावण मंगलवार १५:१८

साउन २२, इटहरी । स्थानीय झरना खोलामा डुबेर आज एकै परिवारका दुई बालबालिका बेपत्ता भएका छन् ।

सुनसरी रामधुनी नगरपालिका–५ स्थित सुनसरी मोरङ सिँचाइ नहरको उत्तरपट्टिको डिलमा घर भएका दिनेश खड्काको ९ वर्षीय छोरा अश्विन र ११ वर्षीया छोरी सिर्जना बिहान घरमा खाना खाएर भाँडावर्तन धुने क्रममा खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको मूल नहर मुनिबाट बग्ने स्थानीय झरना खोलाको गहिरो भागमा बेपता भएका ती बालबालिकाको हुन सक्ने अनुमानका आधारमा प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको छ । नहरको दक्षिणतिरको भागमा पनि उनीहरुको खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

दुबै बालबालिकाको खोजी कार्यमा ठूलो सङ्ख्यामा सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय पौडीवाज र गोताखोर परिचालन भएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो