Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

२०७५, २३ श्रावण बुधबार ११:५२

साउन २३, काठमाडौं | नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र 'शिरफूल'को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार्फत अपलोड गरिएको छ । ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।

 'शिरफूल'लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ । 

यस अघी नै चलचित्रको दुई  गीत 'आज किन' र 'शिरफूल' टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र  

देवराज आले मगरको रहेको छ । चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ । चलचित्रमा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ ।चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।

नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । 'शिरफूल'मा आशिर्वाद पुन मगर को लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ