ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ ।

2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जिल्ला समन्वय समिति दोलखाको पहिलो बर्ष उपलब्धिमुलक

ताराबहादुर महत । श्रावण २५, दोलखा । जिल्लाभित्रका साझा सवालहरुमा जिल्ला समन्वय समिति दोलखाले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको पाईएको छ ।


संघिय र प्रदेश सरकारबाट पर्याप्त कानुन बनाएर स्पष्ट कार्यअधिकार नदिएकै समयमा पनि कामको सिर्जना गरेर जिल्ला समन्वय समितिलाई सक्रिय बनाई एक बर्षको कार्यकाल उपलब्धिमुलक बनाईएको समिति प्रमुख डबल पाण्डेले बताउनुभयो ।  समिति गठन भएको एक बर्षको अवधिमा भए गरेका कार्यहरुको बारेमा जानकारी दिन बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमर्फत समिति प्रमुख पाण्डेले यस्तो जानकारी गराउनुभएको हो । भुकम्पपछिको पुननिमार्ण र गुनासो व्यवस्थापन, स्थानिय शासन संचालन, न्यायिक समिति मार्फत हुने न्याय सम्पादन, बजेट निमार्ण, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर संकलन र विकास निमार्णको अनुगमन लगायतका दर्जनौं विषयमा समन्वय गरिएको प्रमुख पाण्डेको भनाई छ । 

गत आर्थिक बर्ष २०७४÷०७५ मा निजी आवास पुननिमार्णका लागि दिईने अनुदान रकम बापत दोलखामा नौ अर्ब ६० करोड ५१ लाख ५० हजार रुपैँया उपलब्ध गराउन सहजीकरण गरिएको छ । त्यसैगरी दोलाबासीका लागि माथिल्लो तामाकोशीले छुट्याएको दश प्रतिशत शेयर सम्बन्धमा देखिएकका समस्याहरुमा पटक–पटक सहजीकरण गरेर अहिले शेयर संकलन हुने वातावरण बनाईएको प्रमुख पाण्डेले बताउनुभयो ।

संघिय सरकार र गैरसरकारी संघसंस्थाहरुको सहयोगमा विभिन्न विषयमा क्षमता अभिबृद्धिको तालिम संचालन गरिएको छ । जिल्लाका सबै स्थानिय तहमा संघिय सरकारको सहयोगमा स्थानिय शासन संचालन सम्बन्धि क्षमता अभिबृद्धि तालिम करिब ५ सय जनालाई प्रदान गरिएको छ । त्यसैगरी गैरसरकारी संस्थाहरुतर्फ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालको सहयोगमा जिल्लाभरीका स्थानिय न्यायिक समतिका लागि मेलमिलाप र सिविन नेपालको सहयोगमा विगु र कालिञ्चोक गाउँपालिकामा जनप्रतिनिधिहरुका लागि स्थानिय बालमैत्री शासन सम्बन्धि तालिम संचालन गरिएको समन्वय समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई