१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा नेकपाको १३५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमति

२५ श्रावण २०७५, शुक्रबार ०५:५६

साउन२ ५, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापमा जिल्ला कमिटीमा रहने सदस्य संख्याको भागवण्डामा सहमति भएको छ । बिहिवार बसेको रामेछापका केन्द्रीय सदस्य,दुवै पार्टीका पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्षहरुबीच भएको छलफलले सहमति जुटाएको हो ।

नेकपाका केन्द्रीय सदस्य माधव ढुङ्गेलले जिल्ला कमिटीमा रहने सदस्यको संख्या र पालिकाको नेतृत्व कसले गर्ने भन्‍ने बिषयमा सहमति जुटेको फेशबुकमार्फत जानकारी दिएका छन् । उनका अनुसार नेकपाको सांगठनिक संरचना रामेछापमा १ सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने भएको छ । कमिटीमा पूर्व एमालेबाट ६९ र पूर्व माओवादीबाट ६६ जना सदस्य रहने छन् । 

बिहिवार केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, माधव ढुंगेल, कमल चौलागाइ, युवराज चौलागाइ, पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल, माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज धावा लामा,पूर्व जिल्ला संयोजक मैनकुमार मोक्तानसहित बसेको बैठकले सख्या बाँडफाडमा सहमति जुटाएको हो । यस अगाडि पनि विभिन्न चरणमा छलफल भएको थियो ।


नेकपाका नेता युवराज चौलागाईले नेपाल कम्युनिष्ट पार्टी, रामेछापको सैद्धान्तिक रुपमा गठन प्रक्रिया सम्पन्न भएपनि केही दिनमै यस प्रक्रियाले अन्तिम रुप पाउने जानकारी दिए । पूर्व एमालेका रामेछाप अध्यक्ष समेत रहेका प्रदेश ३ का सांसद शान्ति प्रसाद पौडेलले जिल्ला कमिटीमा रहने सदस्यहरुको बारेमा सहमति जुटेको बताए । एमालेबाट पार्टी एकतापूर्व रहेको जिल्ला कमिटीभित्रबाटै जिल्ला सदस्यको छनोट हुने बताइएको छ ।  

नेकपाका केन्द्रीय सदस्य ढुंगेलका अनुसार रामेछापका आठ वटा स्थानीय तहमा नेतृत्व गर्ने विषय पनि टुंगो लागेको बताएका छन् । उनका अनुसार मन्थली नगरपालीका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकामा तत्कालिन एमालेले नेतृत्व गर्नेछ । त्यसैगरी रामेछाप नगरपालिका, सुनापति र दोरम्बा गाउँपालिकामा भने तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्नेछ । रामेछापको विभिन्न वडामा निर्वाचनको क्रममा जितेको पार्टीहरुले नै नेतृत्व गर्ने र कांग्रेसले जितको वडामा बराबरी नेतृत्व लिने गरी सहमति भएको छ । यो सँगै अब कमिटी गठन प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन