2026-07-06 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘१ नं प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्छ’: नेता भविसोर पराजुली

साउन २५, बिराटनगर | ने.क.पा. (माओवादी केन्द्र) का उपाध्यक्ष भविसोर पराजुलीले  १ नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने बताएका छन् । 

ने.क.पा. (माओवादी केन्द्र) प्रदेश नं. १ को पार्टी कमिटिको आयोजनामा सुरु हुने पार्टी प्रशिक्षणका लागि आज विराटनगर आईपुगेका नेता भविसोर पराजुलीले सञ्चारकर्मी सँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । 

पार्टीका उपाध्यक्ष तथा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालका सस्थापक अध्यक्ष समेत रहेका नेता भविसोर पराजुलीले संचारकर्मी माँझ विशेष जोड दिदै भने किराँत प्रदेश जनयुद्धले स्थापित गरेको एजेण्डा हो । यसलाई कार्यान्वयनमा लैजानुपर्छ । यो अहिले हाम्रो महान् र गौरबशाली पार्टी ने.क.पा. (माओवादी केन्द्र) को एजेण्डा पनि हो । त्यसैले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश हुनुपर्छ भन्नेमा हाम्रो विशेष जोड रहेको छ ।

साथै दुई दिनसम्म चल्ने ने.क.पा. (माओवादी केन्द्र) १ नम्बर प्रदेश पार्टी प्रशिक्षणमा पार्टीका अध्यक्ष तथा पदाधिकारीहरु र १ नं. प्रदेश अन्र्तगतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकारहरु, महाधिवेशन आयोजक सदस्यहरु, जिल्ला इन्चार्ज तथा संयोजकहरु लगायत प्रदेश अन्र्तगतका सबैतहका पार्टी कमिटी सदस्यहरु, जवस, मोर्चा र विभागीय प्रमुख तथा सदस्यहरुको सहभागिता रहने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने