२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियामा प्रधानमन्त्रीको दललाई प्रचण्ड बहुमत

२०७५, २६ श्रावण शनिबार ११:२५

साउन २६, नोम्पेन्ह | कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ । 

गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक परिणामअनुसार प्रधानमन्त्री हुनसेन कै सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी)लाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ । 

गएको जुलाई २९ मा सम्पन्न भएको आमनिर्वाचनको परिणाम शनिबार मात्र सार्वजनिक भएको हो । यो परिणामलाई यहाँको निर्वाचन आयोगले औपचारिकता दिन भने बाँकी नै छ । 

सो निर्वाचनमा २० ओटा राजनीतिक दलले प्रतिश्पर्धा गरेका बताइएको थियो । ती दलमध्ये उक्त सिपीपीले नै बहुमत ल्याएको हो । 

कम्बोडियाको राष्ट्रिय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको परिणामअनुसार प्रधानमन्त्री हुन सेनको दल सिपीपीले ४८ लाख आठ हजार मत प्राप्त गरेको छ । 

यो मत कम्बोडियाली संसदीय निर्वाचनमा खसेको सदर मतको ७६.८४ प्रतिशत हुन आउँछ । यो दुई तिहाई भन्दा पनि बढी हो । 

उता राजकुमार नरोदम रनारिधको फनसिनपेकको दलले भने जम्मा तीन लाख ७४ हजार अर्थात ५.८८ प्रतिशत मत मात्र प्राप्त गरेको छ । 

यो नै कम्बोडियाको यो पछिल्लो निर्वाचनमा निकटतम मत ल्याउने प्रमुख प्रतिपक्षी दल हो । त्यसपछि मत ल्याउने अर्काे दलको मत ४.८६ प्रतिशत मात्र हो । 

यहाँको निर्वाचन आयोगले यस निर्वाचनको औपचारिक परिणाम भने यही अगष्ट १५ मा सार्वजनिक गरिने जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । 

यहाँको संसदका १२५ स्थानमध्ये सबै सिटमा नै उक्त दलले जित हासिल गरेको छ । सत्तारुढ दलले नै सबै सिटमा जित हासिल गरेको अनौपचारिक परिणाम आएपछि विपक्षी दलको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । 

प्रधानमन्त्री हुन सेन ६७ वर्षका हुनुहुन्छ । उहाँ कम्बोडियामा गएको ३३ वर्षदेखि निरन्तररुपमा सत्तामा हुनुहुन्छ । 

अब यो परिणामपछि पनि आगामी पाँच वर्षका लागि उहाँले देशको कार्यकारी प्रमुखको नेतृत्व गर्ने निश्चित भएको छ । 

प्रधानमन्त्री हुन सेनले केही हप्तामात्र अघि आगामी सेप्टेम्बर महिनाको ५ तारिखमा नयाँ संसद् बन्ने र नयाँ संसद्ले आगामी नयाँ सरकार निर्माणका लागि मतदान गर्नेछ भनी सार्वजनिक गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न