२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

२६ श्रावण २०७५, शनिबार ११:२८

साउन २६, इन्डोनेसिया | इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । 

भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीले जानकारी दिएका छन् । 

इन्डोनेसियामा यसै क्षेत्रमा ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको एक हप्तापछि नै ६.९ म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो । 

उद्धारकर्ता भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर ३८७ पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ । 

साथै यस भूकम्पमा परी करिब १३ हजार व्यक्ति घाइते भएका र दुई लाख विस्थापित भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ । 

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै