२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अमरको जीवन रक्षा गर्न प्रधानमन्त्री ओलीलाइ बिशेष अनुरोध

२०७५, २७ श्रावण आईतवार १७:००

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । दुहु गाउँपालिका घर भइ १५ बर्षदेखी दुबईमा जेल जीवन बिताइरहेका अमर बमको रिहाइकालागी कुटनितिक पहल गरीदिन अमरका बुबा कर्णबहादुर बमले प्रधानमन्त्री केपी सर्मा ओलीलाइ भेटेर अनुरोध गर्नुभएको छ । दार्चुला जिल्लाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाको पहलमा अमरका बुबाले आइतबार प्रधानमन्त्रीलाइ भेटेर निर्दोश अमरको जीवन रक्षाकोलागी कुटनितिक पहल गरीदिन प्रधानमन्त्रीलाइ ध्यानआकर्षण पत्र बुझाएर बिशेष अनुरोध गरेका हुन् ।

दार्चुलाको साविकको धारी गाविस वडा नं. ५, दुहु गाउँपालिकाका अमर बम सन् २००३ सालबाट दुबईको अविर जेलमा जेल जीवन विताईरहेका छन । तर निर्दोश भनिएका बमले दर्जन सरकार र नेतृत्व बदलिएपनि छुटकरा पाउँन सकेका छैनन । १५ वर्ष देखी छोराको बाटो हेरेर बमको परवारले पर्खिरहेका छन । छोराको उद्धार वा रिहाइको माग पटकपटक गरेपनि कुनैपनि सरकार वा नेतृत्वले परिणाममुखी पहल गर्न सकेको छैन् ।


एकजना भारतीय व्यापारी शरदसेठ्ठीको हत्यामा संलग्न रहेको भन्दै दुबईको अदालतले अमर बमसहित दुई जना भारतीयलाई मृत्यु दण्डको सजाय सुनाएको छ । अमरलाई मृत्युदण्डको फैसला सुनाएको ४ वर्षपछि मात्रै दुबईमा रहेको नेपाली दुतावासले थाहा पाएको थियो । तर दुःखको कुरा अहिलेसम्म उनको प्रतिरक्षाका लागी वकिल नियुक्त गरिएको छैन् । उनिसँगै मृत्युदण्ड सुनाईएका भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले पनि अमर निर्दोष रहेको लिखित बयान दिएका छन । उनीहरले औठाछाप गरेर अमर हत्या योजनाबारे बेखबर रहेको र गाडीमात्र चलाएको भनेर उनलाई माफी दिन भनी निवेदन दिएका छन् । तरपनि अमर छुटेका छैनन् ।

भारतको एक मार्बल कम्पनीमा सन् २००१ देखि कार्यरत बमलाई एक जना भारतीय नागरिकले बीस हजार भारतीय रुपैयाँ तलब दिने लालच देखाई सवारी चालकका रुपमा यूएई पुर्याएका थिए । यसै क्रममा यूएई आएको तेस्रो दिन दुबई स्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका उनलाई बाहिर बस्न लगाएका थिए । ती भारतीय नागरिक उक्त क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरिकको हत्या गरेको जानकारहरु बताउँछन् । हत्यापछि ती दुई जनालाई यूएईको सारजाहस्थित पोर्टसम्म छोड्न पुगेका अमरबहादुर बम भाषा र अन्य ठेगानाको अज्ञानताका कारण पक्राउ परेका थिए । उक्त हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले ज्यान मुद्दा दायर गरी जेल जीवन हुँदै सन् २००७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुबई अदालतले अभियुक्त मनोज करन र अमरबहादुर बमलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । सोही फैसलालाई यूएईको सुप्रिम कोर्टले पनि पास गरेको छ ।


अज्ञानता र पैसाको प्रलोभनमा परी हाल मृत्युदण्डको दिन पर्खेर जेल जीवन बिताइरहेका अमरबहादुर बमको उद्दार गर्न नेपालको सरकारस्तरबाट ठोस पहल हुन सकेको छैन । विगतमा बमलाई मृत्युदण्डको सजायबाट मुक्ति दिलाउन आग्रह गरीएको खबरहरु आउँनेगरेपनि अमर छुटेको खबर आउँन पाएको छैन ।

आइतबारमात्रै दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित सांसद गणेश सिह ठगुन्ना सहित अमरका बुबाले प्रधानमन्त्री केपी सर्मा ओलीलाइ भेटेर ध्यानआकर्षण पत्र बुझाउनुकासाथै आफ्नै देशको निर्दोश नागरीकलाइ रिहाइकालागी कुटनितिक पहल गर्न अनुरोध गरेका हुन ।  दुइतिहाइ बुहुमतको सरकारले पहल गरेमा अमर छुट्ने आसा उनको परिवारको छ । भेटमा प्रधानमन्त्रीले अमरको रिहाइ गर्न परिणाममुखी पहल गर्ने आश्वासन दिएको सासंद ठगुन्नाका स्वकिय सचिब दौलत सिह ठगुन्नाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो