२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

२०७५, ३१ श्रावण बिहीबार ११:५९

साउन ३१, जाकार्ता | मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । 

यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीले जानकारी दिएका छन् । 

यस भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिएको ती अधिकारीले जानकारी दिनु भएको छ । 

उक्त भूकम्पबाट भएको क्षतिको अझै पूर्ण विवरण प्राप्त भएको छैन । उद्धारकार्य अझै पनि जारी रहेकाले हालसम्मको क्षतिको सबै तथ्याङ्क प्राप्त नभएको जानकारी ती अधिकारीले दिएका छ्न् । 

भूकम्पपछि कैयौँ स्थानमा पहिरो गएको बताइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गत अगष्ट ५ मा ६.९ म्याग्नीच्युडको भूकम्प गएको थियो । 

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । 

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा