2026-08-25 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफुलाई धोका दिन लागेको भन्दै एक युवकले गरे प्रेमिकाको विभत्स हत्या

भदौ १, विराटनगर | विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स हत्या गरेका छन् ।स्थानीय ३० वर्षिय दिनेश भट्टराईले आफ्नी प्रेमिका सिता घिमिरेलाई ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर शुक्रबार विहान विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै उनले चक्कुले हानेर प्रेमिकाको हत्या गरेका छन्। हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा उनलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।

प्रहरीका अनुसार शुक्रबार विहान दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए। एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।  भाग्न खोज्ने क्रममा स्थानीयलाई समेत उनले छुरा हानेर तर्साउने प्रयास गरेका थिए। 

सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए। 

आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेकाले आफूले हत्या गरेको पक्राउ परेका युवकले बताएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको मोरङका एसपी मनोज केसीले बताए। 

शुक्रबारदेखि लागू भएको मुलुक अपराध संहिताअनुसार यसरी क्रुर तरिकाले हत्या गरेको घटनामा जन्मकैद जेल सजाय हुनसक्छ। जसमा जीवनभर उनी जेल बस्नुपर्ने सजाय हुनसक्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग