२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रिदै, यस्ता छन् फिचर्स, कति पर्छ मूल्य ?

२ भाद्र २०७५, शनिबार १२:१२

भदौ २, काठमाडौं । सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रने तयारीमा रहेको छ। अगस्ट ९ बाट विश्वबजार प्रवेश पाएको उक्त फोन नेपालमा पनि एक दुई हप्ता भित्र आउने सामसुङको आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ।

सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा प्रि बुकिङ समेत गरेको छ। नेपालमा प्रि बुक गर्नेलाई कम्पनीले ‘अफर’ को समेत व्यवस्था गरेको छ। प्रि बुकिङ गर्नेलाई एचडीएमआई एडप्टर, छालाको कभर, २४ सामसुङ कर्भ मोनिटर प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन्। जसमा १८०० एमवी प्रमोसनल एनसेलको डाटा, शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुटसम्वन्धी बीमाको व्यवस्था गरिएको छ। त्यस्तै लक्की ड्र बाट पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आतेजाते टिकट उसले चाहेको गन्तव्यको प्राप्त गर्ने छ भने रनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टमा दुई दिन बस्न पाउने अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो स्मार्टफोनमा ४००० एमएएच व्याट्री रहेको छ। सामसुङ स्मार्ट फोनमा प्रयोग भएको अहिलेसम्मको सबैभन्दा पावरफुल ब्याट्री भएको कम्पनीले दाबी गरेको छ।

व्याट्री अहिलेसम्मकै नयाँ रहेको र यसमा नयाँ एस पेन कनेक्टीभिटी रहेको छ जुन प्रविधी स्मार्टफोनमा पहिलो पटक प्रयोग भएको हो। यसमा उत्कृष्ट क्यामराको समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ।

ठूलो एज टु एड डिस्प्ले सो स्मार्टफोनमा रहेको छ। ६.४ इन्चको सूपर एमालेड इन्फिनिटी डिस्प्लेले मल्टी मिडियाको अनुभव दिलाउँछ। त्यस्तै, यसमा स्टेरिओ स्पीकर समेत रहेको छ। उक्त प्रविधिले डल्वी एटमस अडियोको अनुभव दिन्छ। वास्तविक स्वरको अनुभव गराउने कम्पनीले बताएको छ।

यो फोनले पिसीको जस्तै अनुभव दिलाउँछ जसमा सामसुङ डेक्स रहेको हुन्छ। यसलाई प्रयोगकर्ताले आफ्नो प्रस्तुति, फोटो सम्पादन र आफूलाई मन लागेको कुनै पनि शो हेर्न सक्छन्।

ग्यालेक्सी विशेषतः मिडनाइट ब्ल्याक, ओसल व्लु र मेटालिक कपर रङहरुमा नेपालमा उपलब्ध हुनेछ। नेपालको बजार मुल्य १ लाख रुपैंया नाघ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान