२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी नाकामा रोकियो अर्बौंको सामान

४ भाद्र २०७५, सोमबार ०२:०७

भदौ ४, रसुवा । वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । 

एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । 

काठमाडाँै महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अवरुद्ध भएपछि उपभोक्ताको माग आपूर्ति गर्न समस्या बढ्दै गएकाले नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरिएको उक्त सङ्घले जनाएको छ ।

रोडीमेट कपडा जुत्ता चप्पल इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवालगायतका अबौँ रुपियाँका सामग्री केरुङ आइसकेको र सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिपभन्दा बढी ती सामग्री बिच बाटोमा रोकिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । 

सडकको अवस्था बुझ्न प्रदेशसभा सदस्य शान्ति थिङको अगुवाइमा व्यापार सङ्घका सबै पदाधिकारी रसुवा पुगी सरोकारवाला निकायसमक्ष ताकेता गर्ने कार्यसमेत भइरहेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार धुन्चे भार्खुबीच त्रिशूली नदीको दुई स्थान र रसुवागढी नजीकको पहिरोले क्षति पु¥याएको सडक मर्मतका लागि नेपाली सेनालाई जिम्मा दिइसकेको र नेपाली सेनाको प्राविधिक निर्देशनालयबाट खटिआएका विशेष टोलीले आज बिहानबाटै स्थलगत अध्ययन गरी छिटो काम शुरु गर्ने बताउनुभयो । 

यस्तै साउन ११ गते अविरल वर्षाले टिमुरे घट्टेखोलामा क्षति भएको पक्की पुलको मर्मत कार्य भने ४० प्रतिशत पूरा भएको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । 

स्याउ बोकी आएको ३०/४० वटा कन्टेनर डिब्बा भने स्याफ्रुबेँशीदेखि ठूलो भार्खुका राजमार्गमा अलपत्र परेको र केही ट्रकले पुनः पल्टी गर्न थालेका छन् । उत्तरी रसुवामा गम्भीर बिरामीको अवस्था आए जिल्ला अस्पताल ल्याउनसमेत समस्या बढेको चालकले बताएका छन् । 

नियमित यात्रुबाहक बसका यात्रु र मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्री भने पहिरो स्थलबाट मोटर पल्टी गरी आवतजावत गर्ने गरेको ट्राफिक प्रहरीले जानाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य