२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनावमा हुनुहुन्छ ? कसरी मुक्त रहने ? जानी राखौं

२०७५, ४ भाद्र सोमबार १०:२०

चिन्ता र तनावबाट सायदै संसारका कोही मान्छे अछुतो रहेका होलान्। हरेक व्यक्तिलाई कुनै न कुनै प्रकारको चिन्ता हुन्छ। तनावकै कारण कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। नेपालीमा एक उखान निकै प्रचलित छ, ‘चिन्ताले नै चितासम्म पु-याउँछ।’

मनोविद्ले तनाव व्यवस्थापन गर्ने केही उपाय सुझाएका छन्।

गीत–संगीत सुन्नुस्

यदि तपाईँ तनावमा हुनुहुन्छ भने केही समय विश्राम लिएर गीत–संगीत सुन्नुस्। यसले तपाईँको दिमाग र शरीरलाई आराम दिएर ब्लड प्रेसर र तनाव बढाउने हर्माेन घटाउन मद्धत गर्छ।

साथीसँग कुरा गर्नुस्

जब तपाईँलाई तनाब हुन्छ, त्यतिबेला तपाईँ केही समय विश्राम गरी साथीसँग आफ्ना समस्याबारे कुरा गर्नुस्। साथीको सम्बन्ध स्वस्थ जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ । प्रियजनको आवाजले तनाव मुक्त गर्न सहज बनाउँछ।

आफैसँग कुरा गर्नुस्

तनाव हटाउन साथीसँग कुरा गर्ने विकल्प नहुन सक्छ। यस्तो अवस्थामा आफैसँग कुरा गर्नु पनि उत्तम विकल्प हुन सक्छ। यस्तोबेला तनावको कारण र समाधान कसरी हुन्छ भनी आफैसँग प्रश्न गर्नुस्। र, सबै कुरा ठीक हुन्छ भनी विश्वस्त रहनुस्।

सन्तुलित भोजन खानुस्

तनाव र सन्तुलित भोजन परस्पर सम्बन्धित छन्। जब हामी तनावमा हुन्छौं, सन्तुलित खाना छाडी तयारी खानेकुरा खान्छौं। तनाव मुक्त गर्न तयारी खानेकुरा नखानुस्। यस्तो बेला फलफूल र तरकारी खान राम्रो हुन्छ । माछाजन्य खानेकुराले पनि तनाव कम गर्न सहयोग पु-याउँछ।

खुलेर हास्नुस्

खुलेर हास्यो भने तनाव कम गर्न सकिन्छ। हास्दा शरीरमा भएको इन्डोरफिन नामक रसायन उत्पन्न भई तनाव बढाउने हर्माेन घटाउन मद्दत गर्छ। कमेडी फिल्म हेरे या चुटकिला पढ्यो भने पनि तनाव कम गर्न सकिन्छ।

चिया पिउनुस्

तनाव हटाउने एक अर्काे उपाय हो, ग्रिन टि पिउने । यसमा भएको रसायनले तनाव कम गर्न मद्दत पु-याउँछ।

व्यायाम गर्नुस्

व्यायाम गरेर पनि तनाव कम गर्न सकिन्छ। व्यायाम भन्नेबित्तिकै भारात्तोलन उठाउने र म्याराथनका लागि दौड्ने भन्ने होइन। घर, आँगन या कार्यालय वरिपरि हिँडेर पनि व्यायाम गर्न सकिन्छ। यसले रक्तसञ्चार गरी तनाव मुक्त गर्ने रसायन उत्पादन गरी तनाव हटाउन सहयोग पुर्याउँछ।

आरामसँग सुत्नुस्

निद्रा पुगेन भने तनाव हुन्छ भन्ने धेरैलाई थाहा होला। अनिद्रा पनि तनावको एक कारण हो। दैनिक सातदेखि आठ घन्टा सुत्ने चिकित्सक नै सुझाउँछन्। तनाव भएका बेला चाडै टिभी बन्द गर्नुस्, बत्ती निभाउनुस् र आरामसँग सुत्नुस् । यसले तनाव कम गर्न सहयोग गर्छ।

आरामसँग श्वास लिनुस्

आरामसँग श्वास लिए तनाव कम गर्न मद्दत पु-याउँछ। सदियौंदेखि बौद्ध भिक्षु पनि ध्यान गर्दा श्वासप्रति सचेत हुँदै आएका छन्। भुइँ या कुर्सीमा बसेर आरामसँग तीन–चार मिनेट बिस्तारै गहिरो श्वास लिनुस्। तनाव कम गर्न सकिन्छ । किनकि छोटो श्वास तनावको कारण हो।

जीवनशैलीबारे सचेत रहनुस्

माथिका यी उपाय छोटो अवधिका लागि तनाव कम गर्ने उपाय हुन्। जीवनशैलीबारे सचेत रहेर तनाव कम गर्न सकिन्छ। यो तनाव कम गर्ने दीर्घकालीन उपाय हो । मानसिक स्वास्थ्यबारे सचेत रही नियमित योग र ध्यान गरे तनावबाट मुक्त रहन सकिन्छ।

यसबाहेक तनावबारे जानकारी लिएर पनि तनाव कम गर्न सकिन्छ।-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ